नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले १५ मंसिरदेखि सुरु हुने पहिलो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल मध्याह्न सवा १२ बजेदेखि सुरु हुने प्रवक्ता लामाले बताए।
प्रवक्ता लामाका अनुसार १६ मंसिरमा भने एनपीएलका कुनै खेल हुने छैनन् । त्यसपछि १७ मंसिरदेखि ३० मंसिरसम्म हरेक दिन दुई खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजेबाट सुरु हुने प्रवक्ता लामाले बताए ।
पहिलो क्वालिफायर र इलिमिनेटर खेल ३ पुसमा हुने कार्यतालिका छ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टिम र दोस्रो स्थानको टिमबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरमा विजेता टिम फाइनल प्रवेश गर्दा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।
इलिमिनेटर खेलमा लिगको तेस्रो र चौथो स्थानमा रहने टिमबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटरमा विजयी टिमले पहिलो क्वालिफायरमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि दोस्रो क्वालिफायरमा विजयी टिम फाइनल प्रवेश गर्नेछ । दोस्रो क्वालिफायर खेल ४ पुसमा हुने क्यानले जनाएको छ । उपाधि भिडन्त भने ६ पुसमा मध्याह्न सवा १२ बजे हुनेछ ।
हेर्नुस् खेलको तालिका:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.