बिहानैदेखि दाङमा बन्दको पुर्ण प्रभाव, बन्दकर्ताहरु सडकमा

डेली न्युजराप्ती       १६ फाल्गुन २०७८ १०:३८ मा प्रकाशित     578 No Comments


हेमन्त प्रकाश वली, फागुन १६, घोराही। राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज फागुन १६ गते घोषणा गरेको सशक्त नेपाल बन्दको दाङमा पुर्ण प्रभाव परेको छ।
बिहानैदेखि दाङमा छोटो तथा लामो दुरिका सवारी साधनहरु,उधोगधन्दा,कलकारखाना,शिक्षण संस्था,व्यापार,व्यवसाय पुर्ण रुपमा ठप्प भएका छन। सडकमा बन्दकर्ताको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको छ।

गएराती अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपछी विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीतिक दल र २ मोर्चाले आज शसक्त नेपाल बन्दको घोषणा गरेका हुन। राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध विप्लव नेकपा सहित ८ दलिय मोर्चा निरन्तर संघर्षमा छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार