जेठ ७ , तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तीनगर गाउँकमिटीले समाजवादका पक्षमा जनभेटघाट अभियान चलाउने निर्णय गरेको छ ।
आइतबार शान्तीनगरमा बसेको बैठकले उक्त निर्णय गरेको नेकपाले जनाएको छ ।
पार्टीक तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले समाजवादका पक्षमा जनभेटघाट अभियान सञ्चालन गर्ने , पालिकामा संगठन सुदृढ एवम विस्तार अभियान सञ्चालन गर्ने , सबै तहका कमिटीहरु गठन / पुनर्गठन गर्ने , आत्मनिर्भर उत्पादन प्रणालीलाई अझै थप व्यवस्थित गर्ने , भ्रष्टाचार ,अनियमितता , विकृती , विसंगतीका विरुद्ध संघर्ष गर्ने लगाएतका निर्णय गरेको जनाएको छ ।
नेकपा शान्तिनगर गाउँकमिटीका सेक्रेटरी मनोज सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , शान्तिनगर गाउँकमिटीका इन्चार्ज जनक सी लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले प्रशिक्षाणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.