दाङमा राप्ती गाउपालिकाबाट २७ जनाले गरे नेकपा प्रबेश,अखिल (क्रान्तिकारी) का अध्यक्ष शाहिलाइ भव्य सम्मान

डेली न्युजराप्ती       २४ आश्विन २०७८ १२:१५ मा प्रकाशित     917 No Comments


हेमन्त प्रकाश वली, दाङ। दाङमा पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रबेश गर्नेको संख्या बढिरहेको छ।

आइतबार पनि एक कार्यक्रमका बिच विभिन्न पार्टी परित्याग गरि राप्ती गाउपालिकाबाट २७ जनाले नेकपा प्रबेश गरेका हुन। पार्टी प्रबेश कार्यक्रमका प्रमुख अतिथि नेकपा बिशेष कमिटी सदस्य बिक्रमले पार्टी प्रबेश गरेका कमरेडहरुलाइ रातो टीका अबिर खादा सहित पार्टीमा स्वागत गरेका हुन। कार्यक्रमका बिशिस्ट अतिथी समेत रहेका अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहिलाइ सोही कार्यक्रममा भव्य सम्मान गरिएको थियो।
नेकपा राप्ती गाउपालिका इन्चार्ज/सेक्रेटरी एकराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा लमही नगर इन्चार्ज/सेक्रेटरी जनकको आतिथ्य रहेको थियो भने कार्यक्रमको सहजीकरण धनिराम चौधरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार