नेपाल कम्युनिस्ट पार्टी दाङले भाले चोर्ने दुई युवकलाइ नियन्त्रणमा लिइ प्रहरीलाई बुझायो

डेली न्युजराप्ती       १० भाद्र २०७८ २१:०१ मा प्रकाशित     672 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर-दंगिशरण गाउपालिकाले स्थानीय जनताको भाले चोरेर भाग्दै गरेका दुई युवकलाइ नियन्त्रण लिइ प्रहरीलाई बुझाएको छ।
नेकपा शान्तीनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मलको नेतृत्वमा रहेको टोलिले शान्तिनगर गाउपालिका-१ निवासी चेप्टी घर्तिको भाले चोरेर भाग्दै गरेका बबई गाउपालिका हापुरे स्थित दुर्गानगर टोल बस्ने युवक द्वय बिजय बिक र दिनेश बिकलाइ ग ८ प ४२२८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको इन्चार्ज निर्मलले बताए।
नेता निर्मलले भने,”भाले चोरेर भाग्दै गर्दा नियन्त्रणमा लियौ र प्रहरीलाई खबर गरेर बुझायौ”।
नेकपाले भाले चोरेर भाग्न खोजेका दुई युवकलाई झण्डै ३ घण्टा नियन्त्रणमा राखेर स्थानीय चिराघाट प्रहरी चौकिलाइ बुझाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार