दाङ। नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर समिति वडा न १३ को वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले राम बहादुरको को नेतृत्वमा ९ सदस्यीय वडा समिति निर्बाचित गरेको छ । कार्यक्रम प्रमुख अतिथि नेकपा दाङ जिल्ला सदस्य तथा वडा नं.१३ का इन्चार्ज खिम बहादुर रहनु भएको थियो । सम्मेलनमा युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य तथा घोराही उपमहानगर कमिटीका अध्यक्ष पदम चन्द,युवा संगठन नेपाल घोराही नगर सचिव शिशिर लगाएतको उपस्थिति रहेको थियो । नेकपाले जिल्ला सम्मेलन तथा ९ औं महाधिवेशन नजिकिदै गएपछि भेला सम्मेलन गरिरहेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.