लमहि नगरपालिकाको समग्र कामप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ : नेकपा

डेली न्युजराप्ती       २० पुष २०७९ २१:०६ मा प्रकाशित     161 No Comments

घोराही, २० पुस । नेपाल कम्युनिस्ट पार्टी लमही नगरपालिकाले लमही नगरपालिकामा भएका समस्याप्रति ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले कार्यकारी प्रमुखमा कसलाई ल्याउने, कति समयसम्म राख्ने जस्ता विषयमा निर्णय लिन नसक्दा समग्र पालिकाको काम नै प्रभावित हुनेगरी भएका गतिविधिप्रति नेकपाले ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी लमही नगरका सेक्रेटरी पूर्ण खनालले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘लमही नगरपालिकाले बिगत लामो समयदेखि कार्यकारी प्रमुखमा कसलाई ल्याउने, कति समयसम्म राख्ने जस्ता बिसयमा निर्णय लिन नसकी समग्र नगरपालिकाको काम कार्य नै प्रभावित हुनेगरी गतिविधि भएकाप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । कार्यकारी प्रमुख सरुवा, थमौती जस्ता सामान्य विषयमा निर्णय लिन नसकी समग्र कार्यलयको काम प्रभावित पार्ने, आन्दोलन गर्ने, तोडफोड नै हुनेजस्ता कार्य सिर्जना हुनु दुःखद् बिषय हो । स्थानीय चुनावदेखि अहिलेसम्म निर्णय लिन नसक्नु नगर प्रमुखको समेत सक्षमतामाथि प्रश्न उठेको छ ।’

जनताबाट चुनाव जितेर गएका जनप्रतिनिधिहरु र कार्यलयको महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरु बिचको आपसी खिचातानी, आ–आफ्नो स्वार्थपूर्तिको आकांक्षाको कारण जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारको समेत महत्वपुर्ण भुमिकामा रहेको कार्यलयलाई आ–आफ्नो स्वार्थपूर्ति गर्ने थलो, भ्रस्टचारगर्ने थलो, राजनीतिक खिचातानी गर्ने थलो नबनाउन नगर प्रमुख, सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारिहरु लगायत सबै सरोकारवाला पक्षहरुलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब पनि लमही नगरबासी र समग्र जनताको कामलाई बेवास्ता गरि कार्यालयलाई अस्तब्यस्त बनाउने र नगरपालिकालाई अनिर्णयको बन्दी नबनाउन सबै सरोकारवाला पक्षलाई अनुरोध गर्दै जनतालाई छिटो, छरितो, सहज ढंगले सेवाप्रदान गर्न र लमही नगरपालिकाको तत्कालीन बिषयलाई गम्भीरताका साथ लिइ समयमै समस्याको समाधान नगरे जनतासहित संघर्ष र आन्दोलनमा जाने समेत पार्टीले यसै विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार