नेकपाद्वारा उद्दार र राहत कार्यमा जुट्न सिंगो पार्टीपंक्तिलाई बिशेष निर्देशन

डेली न्युजराप्ती       ३ कार्तिक २०७८ १७:२० मा प्रकाशित     444 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीले आइतबारबाट देशमा भएको भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रती दुख व्यक्त गरेको छ।
बुधवार पार्टी प्रवक्ता प्रकाण्डले एक प्रेस बिज्ञप्ति जारि गर्दै देशभर अविरल वर्षाका कारण मृत्युवरण गर्ने नागरिकहरु प्रती हार्दिक श्रद्धाञ्जली साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना र मृतक नागरिकका परिवारजनमा गहिरो समबेदना व्यक्त गर्नुभएको हो।
बिज्ञप्तिमा देशैभरी बाढी र डुवानले किसानहरूले लगाएको धानबालीमा ठूलो नोक्सानी पुर्याएको भन्दै दुख व्यक्त गर्नुका साथै राहतको व्यवस्था गर्न सरकार संग माग गरिएको छ। विपत्तिमा मृत्युवरण गर्ने मृतकका परिवारलाई उचित राहतको व्यवस्था,घाइतेहरुको निशुल्क प्रभावकारी उपचार,वेपत्ता नागरिकको तिब्रतामा खोजी र जोखिमको आतंकमा परेका बस्तीको सुरक्षीत पुनर्वासको व्यवस्था गर्न नेपाल सरकारसंग हाम्रो पार्टी बिशेष माग गर्दछ, बिज्ञतिमा भनिएको छ”।
यस्तै बिज्ञप्तिमा राज्यको कमजोर अवस्थाका कारण पहिरो बाढी,डुवान र कटानबाट प्रभावित जनताको उद्दार र राहतको कार्यमा संलग्न हुन सिंगो पार्टीपंक्तिलाई बिशेष निर्देशन गरिएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार