नेकपा सल्यानको पाचौं पुर्ण बैठक सम्पन्न:पार्टीको छैटौं जिल्ला सम्मेलन भदौ १४ र १५ गते हुने

डेली न्युजराप्ती       २३ असार २०७९ ०७:२६ मा प्रकाशित     160 No Comments


सल्यान। नेपाल कम्युनिस्ट पार्टी सल्यानको पाँचौ पुर्ण बैठक बागचौरमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षता तथा केन्द्रीय सदस्य सविन पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले पार्टीको छैटौं जिल्ला सम्मेलन आउँदो भदौ १४ र १५ गते सदरमुकाम खलंगामा गर्ने निर्णय गरेको छ । त्यसअघि गाउँ तथा नगरकमिटी सम्मेलन भदौ १ देखि ६ गतेसम्म सक्ने जिल्ला सेक्रेटरी नारायण चन्दद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।

असोज १ गते काठमाडौंमा हुने पार्टीको नवौं महाधिवेशनको लागि जिल्लामा आर्थिक सहयोगलाई जोड दिने र सल्यानबाट उल्लेखनीय सहभागी गराउने बैठकले निर्णय गरेको छ । साथै दलाल पुजीवाद,सामाजिक फासिबाद,जडसुत्रीय संशोधनबाद,अराजक बितण्डाताबादको भण्डाफोर गर्ने निर्णय गरेको छ।
बैठकले चर्को मूल्य वृद्धि,भ्रष्टाचार,महंगी,कालोबजारी विरुद्ध जनसंघर्षमा उत्रीन आम जनसमुदायलाई हार्दिक अपिल समेत गरेको छ।

प्रेस बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार