नेपालकाे पत्रकारिता धनपत्रकारितामा परिणत भयो:निष्ठुरी

डेली न्युजराप्ती       ७ बैशाख २०८० ०७:५१ मा प्रकाशित     120 No Comments

काठमाण्डौ –नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीले नेपालको पत्रकारिता जनपत्रकारिता भन्दापनि धनपत्रकारितामा परिणत भएको बताएका छन्।

जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा काठमाडौको रामशाहपथस्थित नेपाल बार एशोसियसनको हलमा बुधवार आयोजित राजनीतिक अस्थिरता,आर्थिक संकट र सञ्चारको दायित्व बिषयक अन्तर्कृया तथा जनपत्रीका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो पुर्वअध्यक्ष निष्ठुरीले यस्तो बताएका हुन।

उनले सञ्चार माध्यमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा राजनितिक, आर्थिक र सामाजिक लगायत सबै क्षेत्रबाट माथि उठेर जनपक्षियरूपमा कलम चलाउनुपर्ने बताए।

अहिलेको नेपालकाे मिडिया भौतिकरुपमा निकै बलियो र अन्तराष्ट्रिय मिडियासंग प्रतिस्पर्धा गर्नसक्ने उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार