असार ११,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम जिल्ला इन्चार्ज सविनले स्थानीय चुनाव प्रयोगको कार्यनीतिक अन्तरविरोधमा साम्राज्यवादीको गोटी बनेर धर्मेन्द्र-सुदर्शनने नेकपा बिभाजन गरेको बताएका छन।
नेकपा दाङद्वारा तुलसीपुरमा आयोजित राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता सविनले उक्त कुरा वताएका हुन।
आजको साम्राज्यवादको मुख्य दुश्मन आफ्नो पार्टी भएकाले साम्राज्यवादले पार्टीलाई सिध्याउने रणनीति प्रयोग गरिरहदा तत्कालीन स्थानीय चुनाव प्रयोगको कार्यनीतिको अन्तरविरोधमा साम्राज्यवादको गोटी बनेर धर्मेन्द्र-सुदर्शनले पार्टी बिभाजन गरेको नेता सविनको जिकिर थियो।
एक फरक प्रसंगमा बोल्दै नेता सबिनले अमेरिकाको एकछत्र रजाइँ संसारवाट अन्त्य हुँदै गएको,रुस-युक्रेन युद्धबाट अमेरिकाको एकछत्र दादागिरीका विरुद्ध रसियाले हमला गरिरहेको समेत बताए।
नेकपाले राष्ट्रघातको इपिसेन्टर राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध भीषण संघर्ष गर्ने नेता सविनको भनाइ थियो।उनले भने– ‘राष्ट्रघाती एमसिसी सम्झौता,एसपिपी सम्झौता र राष्ट्रिय स्वाधीनताको पक्षमा लडाइ लड्छौ।साम्राज्यवादले पार्टीका अन्तरबिरोधमा खेलेर धर्मेन्द्र-सुदर्शनलाई प्रयोग गरि क्रान्तिकारी आन्दोलन सिध्याउने रणनीतिलाई परास्त गरिछाड्छौ।’
पार्टी बिभाजन गरि नेकपा(बहुमत) बनाएका धर्मेन्द्र-सुदर्शन ले वनाएको बहुमत नाम नै अनैतिक र निम्नस्तरको घटिया हर्कत भएको नेता सविनको टिप्पणी थियो। पार्टीबाट ९ जना नेताहरुलाइ बटुलेर बनाएको गुट कसरी बहुमत हुन्छ?नेता सविनले भने।
नेता सविनले अगाडि भने– ‘धर्मेन्द्र-सुदर्शनले अधिकांश समय हाम्रो पार्टी र नेतृत्वका विरुद्ध भ्रम फिजाउन लागेका छन।विप्लव संसदवादी हुदैनन भन्ने कुरा धर्मेन्द्र-सुदर्शनलाई समेत थाहा छ।उनिहरुले लिएको बिचार जडसुत्रीय शुन्यवादी बिचार हो।धर्मेन्द्र-सुदर्शन हैसियतका मान्छेले विप्लव संसदवादी भएको भ्रम फिजाएपछी केही इमानदार,क्रान्तिकारी नेता-कार्यकर्ता भ्रमवस धर्मेन्द्र-सुदर्शन गुटमा गएका कार्यकर्ता पार्टीमा फर्किनुस।धर्मेन्द्र-सुदर्शनले क्रान्ती गर्दैनन्।’
धर्मेन्द्र-सुदर्शनले भनेजस्तो हामी जनयुद्धमा फर्किनेवाला छैनौं।हामी नया ढंगले क्रान्ती गर्छौ।हामी एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्छौं, ‘नेता सविनले भने।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.