इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन

डेली न्युजराप्ती       ३० जेष्ठ २०८० ११:३४ मा प्रकाशित     96 No Comments

काठमाडौँ । इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । मिडिया टाइकुन समेत रहेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पदमा रहँदा बर्लुस्कोनीले यौन प्रकरण र भ्रष्टाचार मुद्दाको सामना गर्नु परेको थियो । बर्लुस्कोनी चार पटक प्रधानमन्त्री समेत बनेका थिए । उनको निधनमा इटलीमा बुधबार राष्ट्रिय शोककाे घोषणा गरिएको छ । बुधबार नै मिलान क्याथेड्रलमा अन्त्यष्टि गरिने भएको छ । अन्त्येष्टिमा हजारौं सहभागी हुने अनुमान गरिएको छ ।
बर्लुस्कोनीको निधनमा इटालियन र युरोपेली झण्डाहरु राष्ट्रब्यापी रुपमा झुकाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफुले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन्, भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार