राजपुरमा गुन्डागर्दी शैलिमा विद्यालय हाताभित्र शिक्षक यादवमाथि हातपात

डेली न्युजराप्ती       २३ जेष्ठ २०८० २१:३१ मा प्रकाशित     694 No Comments

दाङ । राजपुर गाउँपलिका-२ मा रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक तथा एवम् विद्यालयका सुचना अधिकारी श्रवण कुमार यादव माथी विद्यालयकै प्रांगणमा मंगलबार करिब दिउँसो १ बजे २ जनाको समूहले कुटपिट भएको छ ।

पिडित यादवले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेको समयमा राजपुर गाउँपालिका-२ बेलाका स्थानीय आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयको मुख्य द्वारको ताला फोडेर विद्यालय परिसरमा प्रवेश गरि हेड सर खै भन्दै सोधपुछ गरे, हेड सर विद्यालयमा नभएपछि अन्य शिक्षकहरुलाई गाली गलौच गर्न शुरु गरे । लगत्तै त्यहाँ भएका अभिलेख बोर्ड तोडफोडमा उत्रिएका थिए ।

अधिकारी र कार्कीले विद्यालयकी शिक्षिका राधा खनाल माथी पनि हातपात गर्न खोजेका थिए, त्यति बेला मैले भिडियो गराउन लागेको देखेर मोबाईल खोसेर लगे अनि म र शिवदेब यादवलाई कुटपिट गरे’- यादवले भन्नू भयो ।

गुण्डागर्दी शैलीमा विद्यालय भित्र प्रवेश गरि विध्वंस मच्च्याई रहेका बेला विद्यालयका अन्य स्टाफहरु र विद्यार्थी जम्मा भएपछि उनिहरु ढुंगा मुढा गर्दै निस्किएका थिए ।

अधिकारी र कार्कीले आफुहरुलाई के कति कारणले आक्रमण गरे आफुहरुलाई कुनै जानकारी नभएको शिक्षक यादवले बताउनु भयो । पिडितहरुले अनाहकमा विद्यालयमा प्रवेश गरि आफुहरुमाथी आक्रमण गर्नेहरुलाई पक्राउ गरि कानूनी कारबाही गर्न जोडदार माग गर्दै राजपुरको बेला चौकीमा मुद्दा समेत हालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार