माइला लामाको एमसीसी बिरोधी गीत ,‘नो एमसीसी , गो ब्याक अमेरिका’ सार्वजनिक

डेली न्युजराप्ती       २० भाद्र २०८० १६:५३ मा प्रकाशित     255 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इन्चार्ज माइला लामाको एमसीसी विरुद्धको गीत सार्वजनिक भएको छ । ‘गो ब्याक अमेरिका, गो ब्याक एमसीसी’ शिर्षकको गीत माइला लामा युट्यु च्यानलबाट सार्वजनिक भएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा जबरजस्ती लागु गर्न खोजेपछि यसको व्यापक विरोध भइरहेको छ । यसकै विरोध स्वरुप माइला सीले एमसीसी विरुद्धको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा ‘जहाँ पुग्छ अमेरिका त्यहाँ हाहाकार, चल्न थाल्छ गोला बारुद हुन्छ मारामार’ लगायतका शब्दहरु रहेका छन् । अमेरिका विभिन्न देशहरुमा गएर तहसनहस पारेको र नेपालमा पनि अशान्ति फैल्याउन एमसीसीको सहारामा नेपाल प्रवेश गरेको गीतको भाव छ ।

गीतमा माइलाको शव्द र संगित रहेको गीतमा रमन थामी, निर्मला घिसिङ, दिपेश लामा, शारदा लिम्बुको स्वर रहेको छ । गीतको संगित संयोजन बिहानी विकले गरेका छन् । क्रान्तिकारी सर्जक माइलाका थुप्रेै क्रान्तिकारी गीतहरुमा शब्द संगित र स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार