अखिल (क्रान्तिकारी) पश्चिम दाङको अध्यक्षमा नविन , यसरी सम्पन्न भयो भव्य सम्मेलन ( फोटोफिचर)

डेली न्युजराप्ती       २३ माघ २०८० २०:३३ मा प्रकाशित     348 No Comments

हेमन्त प्रकाश ओली ।

माघ २३ , तुलसीपुर । नेत्रविकम विप्लव सी नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी) पश्चिम दाङको २६औ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

मंगलबार तुलसीपुरमा सम्पन्न भएको सम्मेलनले बिद्यार्थी नेता नविन सीलाई अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

सम्मेलनपछिको बसेको प्रथम बैठकले अध्यक्षमात्रै टुंग्याउने काम भएको बाकी पदाधिकारी दोस्रो बैठकले टुंग्याउने संगठनले जनाएको छ ।

नविन सीको अध्यक्षतामा बनेको समितिमा केवी , गोपाल , दिपेश अबिना , रिता ,जोया , मुकुन्द , नबिता , त्रिभुवन , सलिना , तारा , प्रवीण , समिरा , ललित , सुशील , सन्ध्या , सुनिता , धनमाया , थम्मन , गोबिन्द , अनिश , इन्द्रा रहेका छन् ।

अखिल (क्रान्तिकारी) को २६औ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले शिक्षा निशुल्क , वैज्ञानिक , व्यवहारिक र समान हुनुपर्ने धारणा राखेका थिए ।

शिक्षा क्षेत्रमा भैरहेको निजीकरण , दलालिकरण र माफियाकरणका विरुद्ध सडक बाघको रुपमा स्थापित अखिल ( क्रान्तिकारी) ले संघर्ष गर्नुपर्ने समेत बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा पश्चिम दाङका सचिव निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल (क्रान्तिकारी) पश्चिम कमान्ड इन्चार्ज प्रीतिमा सी , अखिल (क्रान्तिकारी) राप्ती ब्युरो इन्चार्ज राजेन्द्र सी , संगठनका राप्ती ब्युरो सदस्य खुमन सी , नेकपाका तुलसीपुर नगरका इन्चार्ज भुवन सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य बिजय सी , नेकपा तुलसीपुर नगर सेक्रेटरी शिव सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , युवा संगठन नेपालका राप्ती ब्युरो इन्चार्ज जिवनी सी , अखिल (क्रान्तिकारी) देउखुरीका उपाध्यक्ष शिव सी , श्रमिक समुदाय मोर्चाका जिल्ला अध्यक्ष दिल बहादुर सी , नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य भरत सी , माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल ओली ( जनार्दन) , अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगरका सचिव कमल प्रकाश शर्मा , सिएनटी प्रेसका सञ्चालक सागर सुबेदी लगाएतको आतिथ्य रहेको थियो ।

२६औ जिल्ला सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , नेकपा पश्चिम दाङका सचिव निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल (क्रान्तिकारी) पश्चिम कमान्ड इन्चार्ज प्रीतिमा सी , अखिल (क्रान्तिकारी) राप्ती ब्युरो इन्चार्ज राजेन्द्र सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य बिजय सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , युवा संगठन नेपालका राप्ती ब्युरो इन्चार्ज जिवनी सी , अखिल (क्रान्तिकारी) देउखुरीका उपाध्यक्ष शिव सी , माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल ओली ( जनार्दन) , अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगरका सचिव कमल प्रकाश शर्माले सम्मेलन सफलताको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए ।

अखिल (क्रान्तिकारी) राप्ती ब्युरो सदस्य खुमन सीले सम्मेलनमा प्यानल प्रस्ताव गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई मन्तव्य नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी र नेकपा बबईका इन्चार्ज उज्वल सीले व्यक्त गरेका हुन् ।

बिद्यार्थी नेतृ अबिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिद्यार्थी नेता केवी सीले गरेका थिए भने अध्यक्षता नेता नवीन सीले गरेका हुन् ।

फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार