`पार्टीका सल्लाहकार गौतमको निधनले सिंगो पार्टीलाई अतुलनीय क्षति´: नेकपा

डेली न्युजराप्ती       १७ चैत्र २०७९ १८:३१ मा प्रकाशित     185 No Comments

घोराही, १७ चैत । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले पार्टीका सल्लाहकार मोतीराम गौतमको असामयिक निधनले पार्टी र जनतालाई स्तब्ध बनाएको बताएका छन् ।
पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सीले आज शुक्रबार एक शोक वक्तव्य जारी गर्दै दाङ पार्टीका सल्लाहकार तथा अभिभावक गौतमको निधनले सिंगो पार्टीलाई अतुलनीय क्षति पुगेको बताएका छन् ।

पार्टीका सेक्रेटरी जनक सीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ -` हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला सल्लाहकार, प्रबासी नेपाली जनसमाज भारतका पूर्व महासचिव क. मोतीराम गौतम बिगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । मिति २०७९।१२।१६ गते बेलुका करिब ५ बजे घोराही – ४ सोनपुर दाङ स्थित आफ्नो निवासमा भएको उहाँको निधनले सिङ्गो पार्टीलाई अतुलनिय क्षति पुगेको छ ।´

दाङ जिल्ला कमिटीका अभिभावक मोतीराम गौतम ६३ बर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त दुःखीत एवम मर्माहत भएका छौं । यस दुःखको घडीमा कमरेड मोतीराम गौतमप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त घरपरिवार आफन्तजनहरूमा हार्दिक समवेदना प्रकट गरेको कुरा नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

यस्तै आजै दिवंगत गौतमको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा नेकपाका केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी , बिक्रम सी , पार्टीका जिल्ला स्तरीय नेता-कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार