नेकपा तुलसीपुर उपमहानगरद्वारा सहिद,वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाइ अभिनन्दन

डेली न्युजराप्ती       २१ फाल्गुन २०७८ १९:२३ मा प्रकाशित     503 No Comments


जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुका सपना एकीकृत जनक्रान्ती मार्फत पूरा गरिछाड्छौ: शितल
हेमन्त प्रकाश वली। फागुन २१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा सहिद सप्ताहको अवसरमा सहिद,वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाइ अभिनन्दन गरिएको छ।

आज शनिबार दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर १२० सहिद,वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाइ अभिनन्दन गरिएको हो।
अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुका सपना एकीकृत जनक्रान्ती मार्फत पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। नेता शितलले उत्पीडित बर्गको मुक्ती नै सहिदहरुको सपना भएकाले उत्पीडित बर्गको मुक्ती नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएकाले वैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु एकीकृत जनक्रान्ती कार्यदिशा लिएर अघि बढेको बताउनुभएको थियो। जनयुद्धको लक्ष्य राजतन्त्रको अन्त्य,संसदीय व्यवस्थाको खारेजी र जनबादी राज्यसत्ता स्थापना गर्नु थियो तर नेतृत्वमा आएको बैचारिक बिचलन र भारतीय साम्राज्यवाद र अमेरिकी उत्तर साम्राज्यवादसंग आत्मसमर्पण गर्दा अल्पत्र पारियो,नेता शितलले भन्नुभयो।”

सहिद परिवारलाई भुलेर प्रचण्डको सती जान नसकेको बताउदै नेता शितलले प्रचण्डको नेतृत्वबाट सहिदहरुका सपना पूरा हुने सम्भव नभएपछि बिद्रोह गरेको उद्घोष गर्नुभएको हो। जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुका सपना साकार नपार्दासम्म यात्रा नरोक्ने शितलको भनाइ थियो।
नेता शितलले प्रचण्ड अमेरिकी साम्राज्यवादका सच्चा मित्र भएको बताउनुभएको थियो। उहाले भन्नुभयो,” राष्ट्रघाती एमसिसी संसदबाट अनुमोदन गराउने देउवा राष्ट्रघाती मात्रै नभएर जन अपराधी समेत हुन। राष्ट्रघाती एमसिसी सम्झौताका पक्षमा उभिने प्रचण्ड माधव लगाएत प्रतिपक्षमा उभिएको नाटक गरेर सत्तामा भएको भए एमसिसी पास गर्ने सोचाइमा रहेका केपिहरु सबै राष्ट्रघाती हुन।”
संसदबाट एमसिसी अनुमोदन गर्नेहरु गाउँ प्रवेश गर्न नपाइने शितलको उद्घोष थियो। एमसिसी पक्षधरहरुलाइ मट्टीतेल खन्याएर आगो लगाएर जनताले गाउगाउबाट लखेट्ने समेत शितलको जिकिर थियो।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य सुन्दरले हिजो जनयुद्धका नायक प्रचण्ड आज जोकर भएको बताउनुभएको थियो। नेता सुन्दरले कांग्रेससंग राष्ट्रघाती एमसिसी सम्झौतालाई संसदबाट अनुमोदन गरेर ईतिहासमा गम्भीर राष्ट्रघात गरेको समेत बताउनुभएको हो। नेता नेताहरुको बिदेशिको एजेन्ट बनेर काम गरिरहेको नेता सुन्दरको भनाइ थियो।

कार्यक्रममा बोल्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले सहिदहरुको बलिदानीलाई उच्च सम्मानका साथ पूरा गर्न चाहेको बताउनुभएको थियो। सहिदको बलिदान आम सर्वहारा श्रमजीवी जनताको राज्यसत्ता स्थापनाका लागि हो। सहिदको सपना पूरा गर्ने अधुरो क्रान्ती पूरा गर्न प्रतिबद्ध छौं। प्रचण्डहरु दलाली चाकरी गर्दै संसोधनबादमा पतन भएपछी बिद्रोह गरेका हौं,नेता प्रदिपले भन्नुभयो।”
उहाले भन्नुभयो,” हामी जिबित छौं,महान सहिदहरुका सपना पूरा गरिछाड्छौ।” नेता प्रदिपले व्यक्ती र पार्टी चुन्ने संसदीय चुनाबमा भाग नलिने बरु व्यवस्था जनमतसंग्रहको निर्वाचन हुनुपर्ने आफुहरुको माग रहेको स्पष्ट पार्नुभएको हो।

अभिनन्दन कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती,सहिद परिवारका तर्फबाट सीता,अखिल नेपाल महिला संघ क्रान्तिकारीका दाङ जिल्ला संयोजक रेखाले मन्तव्य राख्नुभएको थियो।

नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सुन्दर,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती,नेकपा बबई गाउपालिका इन्चार्ज प्रतिरोध,राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर रोका,युवा संगठन नेपालका केन्द्रीय सदस्य जिबनी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय,अखिल नेपाल महिला संघ क्रान्तिकारीका दाङ जिल्ला संयोजक रेखा रोका,जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्त,गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष बिबेक,सहिद परिवारका तर्फबाट सीता,एकीकृत जनक्रान्तीका सहिद महानकि पत्नी एवम मगर मुक्ती मोर्चाका केन्द्रिय सदस्य मालती राणा,नेकपा दाङ जिल्ला कमिटीका सदस्यहरुपोषण,शिव,बिजय,खड्क बहादुर,रोदन,कमला रोका,भरत,शुदर्शन,इश्वरीको आतिथ्य रहेको थियो।

नेकपा दाङ जिल्ला सदस्य बिजयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अध्यक्षता नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाशले गर्नुभएको थियो भने संचालन नेकपा दाङ जिल्ला सदस्य राजकुमार क्षत्रीले गर्नुभएको थियो।

प्रवासी नेपाली केन्द्रका केन्द्रीय सचीव सहित विभिन्न पार्टी परित्याग गरि ११ जना नेकपामा प्रवेश
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट प्रवासी नेपाली केन्द्रका केन्द्रिय सचीव सुशील महर सहित बिभिन्न राजनीतिक पार्टी परित्याग गरि ११ जनाले नेकपा प्रवेश गरेका छन।
आज शनिबार तुलसीपुरमा एक कार्यक्रमका बिच पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेका समर्थक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लक्ष्मिपुर निवासी मधुकर न्यौपाने,नेपाली कांग्रेस समर्थक तुलसीपुर-१५ निवासी रामकुमार चौधरी,तुलसीपुर-१५ निवासि कमला दनुवार,तुलसीपुर-१५ निवासि माया ऐरि,तुलसीपुर-१ निवासी रुपलाल बिक,नेपाली कांग्रेस समर्थक तुलसीपुर-२ निवासी तारा बहादुर चौधरी,नेपाली कांग्रेस समर्थक तुलसीपुर-२ निवासी टेक बहादुर चौधरी,नेकपा एमाले समर्थक तुलसीपुर-५ निवासी घन्स्याम योगि र नेकपा (माओवादी केन्द्र) तुलसीपुर नगर कमिटी सदस्य तुलसीपुर-५ निवासी सेतिराम बिकले नेकपा प्रबेश गरेका हुन। पार्टी प्रबेशीहरुलाइ नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितल,पार्टी जिल्ला सेक्रेटरी प्रदिपले लगाएतले अबिर आवरण लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार