तुलसीपुर। दाङमा मेहन्दी लगाउन घरमा बोलाएर जबरजस्ती केटाको घरमा पु¥याउन खोज्ने गाडी चालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेहन्दी लगउन बोलाउन घोराही उपमहानगरपालिका–१० नारायणपुर निबासी २२ वर्षीया रोशनी लामिछाने, उनकी आमा सिता केसी लामीछाने र केटाको घरमा केटी पु¥याउन प्रयोग भएको स्कारपियो गाडीका चालक तुलसीपुर उपमहानरपालिका–४ निबासी २८ बर्षका शिशिर बादी रहेका छन् ।
मेहन्दी लगाइसकेपछि रोशनी र सिताले जबरजस्ती बा ६ च ४७७६ गाडीमा राखेर तुलसीपुर– ७ गणेशपार्क नजिकै बस्ने ३५ वर्षीय प्रकाश वलीको घरमा पु¥याइएकी युवतलीलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
पिडित युवतीले आफ्नो बुवालाई घटनाको बिषयमा जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरको सहोगमा युवतीलाई साउन २ गते करिब ५÷६ बजेतिर केटाको घर नजिकैबाट उद्धार गरेको डिएसपी रिजालले बताए । रोशनी पिडित युवतीकी साथी हुन् ।
पक्राउ परेक ३ जनाविरूद्ध अपहरण, जवरजस्ती ओसारपसार तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरेको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत दाङले पाँच दिन थुनामा राख्न आदेश दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.