एमसिसी पास गरे संसदवादी दलालहरुलाइ एउटै चिहानमा पुरिन्छ: नेता शितल

डेली न्युजराप्ती       ६ पुष २०७८ १७:१७ मा प्रकाशित     514 No Comments


एमसिसी विरुद्ध दाङमा हजारौं जनता सडकमा,नो एमसिसिको नारा घन्कियो
हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले राष्ट्रघाती एमसिसी सम्झौता जबर्जस्त पास गरे संसदवादी दलालहरुलाइ जनताले एउटै चिहानमा पुर्ने बताउनुभयो।

राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध दाङमा संयुक्त बिरोध प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताउनुभएको हो। एमसिसि हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग हो,दक्षिण एसियालाइ सबै हिसाबले कन्ट्रोल गर्ने सैन्य रणनीति हिन्द प्रशान्त रणनीति भएकाले एमसिसी देशका लागि घातक भएको नेता शितलको भनाइ थियो।
दक्षिण एसियालाइ घेर्ने र चिनलाइ कमजोर बनाउने उदेश्यका साथ अमेरिकी साम्राज्यवादले एमसिसी मार्फत नया चाल चलेको भन्दै नेता शितलले सम्पुर्ण देशभक्त,बामपंथी,प्रगतिशील र क्रान्तिकारी शक्तिहरु सम्झौताका विरुद्ध एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
संयुक्त बिरोध प्रदर्शन कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका नेता शितलले एमसिसि सम्झौता संसदवाट दलालहरुले पास गरे जनताले ताली पटकाउने अपेक्षा गर्नु मुर्खता हुने उद्घोष गर्नुभयो। उहाले भन्नुभयो,” जनताको चाहाना विपरीत राष्ट्रघाती एमसिसी सम्झौता पास गर्नुस पहिला, जनताले ताली पट्काउछन कि बन्दुक”।
नेता शितलले नेपालको रक्षा र नेपाली जनताको रक्षाको लागि जे पनि पट्किन सक्ने चेतावनी समेत दिनुभएको थियो। एमसिसी पास गर्ने धृष्टता गरे बिदेशी दलालहरुलाइ एउटै चिहानमा पुर्ने जनताको शक्ति तयार भएको नेता शितलको जिकिर थियो।
एमसिसी मार्फत अमेरिका हतियार बोकेर आउदैछ, त्यतिमात्र नभइ अमेरिकी साम्राज्यवाद एमसिसी मार्फत दक्षिण एसियामा बढ्दो कम्युनिस्ट प्रभावलाइ निस्तेज पार्न सहयोगको नाममा बिष लिएर आउदैछ,”शितलले भन्नुभयो”।
नेपालमा सैन्य अड्डा खडा गरेर विश्व अर्थतन्त्रमा चिनको आर्थिक प्रभावलाई रोक्ने, नेपालका बहुमुल्य प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्ने अमेरिकी साम्राज्यवादको सपना नेपाली श्रमजीवी जनताले कहिल्यै पूरा हुन नदिने शितलको जिकिर थियो।

संयुक्त बिरोध प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अर्का वक्ता नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज समिरले सिंहदरबारमा बसेर राष्ट्रघाती एमसिसी सम्झौता पास गर्ने दुस्साहस गरे शासकहरुका विरुद्ध बन्दुक बोक्ने उद्घोष गर्नुभयो।
जनताको सेना छैन भनेर जनतालाइ हेप्ने कोसिस नगर्न नेता समिरले संसदवादी दलहरुलाइ चेतावनी दिनुभयो। बन्दुक कहाबाट आउँछ हामिलाइ थाहा छ, यदि अमेरिकि साम्राज्यवादि सेना नेपालमा खसालियो भने हामी बन्दुक बोक्छौ,”नेता समिरले भन्नुभयो। एमसिसी सम्झौता मार्फत नेपाललाइ रणमैदानमा प्रयोग गरेर चिन विरुद्धको अमेरिकी अभियान सफल नहुने नेता समिरको उद्घोष थियो।

बिरोध प्रदर्शन कार्यक्रम पछिको बिरोध सभालाई सम्बोधन गर्दै नेकपा(मसाल) दाङका प्रवक्ता भरत भण्डारीले हिजो आफुहरु राजनीतिक स्वतन्त्रताको लागि लडेको र त्यो पूरा नभएको स्पष्ट पार्नुभएको हो। देशको सार्वभौमसत्ता,अखण्डतालाई नै समाप्त पार्ने ,गृहयुद्धमा धकेल्ने एमसिसी सम्झौता कुनैपनी हालतमा पास हुन नदिने बताउनुभयो। उहाले नेपालका केही बामपंथी भन्ने साम्राज्यवादका नोकरहरुले एमसिसी पास गर्ने हदैसम्मको प्रयास गरेको प्रती आक्रोश व्यक्त गर्दै ती अवसरवादीहरुलाइ जनताले लखेट्नु पर्ने धारणा राख्नुभएको थियो।

यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा मालेका प्रदेश समिति सदस्य कपिलदेव पोख्रेलले नेपालका संसदवादी दलालहरुलाइ नेपालमा बस्न मन छैन भने जनताले रु ५ का दरले पैसा संकलन गरेर अमेरिका पठाउन सक्ने तर आफ्नो मातृभुमीलाई केही अर्व पैसाको लोभमा लिलामि गर्न नदिने बताउनुभयो। उहाले नेपालका शासकहरुलाइ जनताको मर्म र भावना अनुरुप शासन गर्ने हो भने एमसिसी सम्झौता खारेज गर्न नेता पोख्रेलको आग्रह थियो।

यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष गणेश आचार्यले सभालाइ सम्बोधन गर्दै एमसिसि सम्झौता मार्फत अमेरिकाले नेपालमा अस्थिरता,अराजकता मच्चाउन आइरहेको बताउनुभयो। बिकास र समृद्धिको नाममा अमेरिका चिनलाइ घेर्ने रणनीति सहित आफ्नो साम्राज्यवादि उदेश्य पूरा गर्न आइरहेको बताउनुभएको हो। नेता आचार्यले अमेरिकी साम्राज्यवादले नेपाललाई रणमैदान बनाउने योजना सफल नहुने जिकिर समेत गर्नुभएको थियो।

बिरोध सभालाइ सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल दाङ जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरेले नेपालका दलालहरुले एमसिसी सम्झौता मार्फत अमेरिकी सेना भित्र्याउने खेल खेलिरहेको बताउनुभयो। उहाले नेपालमा एमसिसी सम्झौता खारेज गर्न देशभक्त,प्रगतिशील ,बामपंथी र क्रान्तिकारी शक्तिहरुले जनस्तरमा अभियान चलाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो।
संयुक्त बिरोध प्रदर्शन कार्यक्रमको आयोजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ ,नेपाल कम्युनिस्ट पार्टी(मसाल) दाङ,नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) दाङ,नेपाल कम्युनिस्ट पार्टी माले दाङ,राष्ट्रिय जनमोर्चा दाङ र देशभक्त जनगणतान्त्रीक मोर्चा दाङले गरेका हुन।
बिरोध प्रदर्शन घोराहीको ट्राफिक चोकबाट सुरु भइ घोराही सहरका मुख्य चोक परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो। बिरोध सभाको संचालन युवा संगठन नेपालका केन्द्रीय सचिव तिलकले गर्नुभएको थियो।
यस्तै नेकपा सहितको ६ दलिय मोर्चाले आज देशव्यापी एमसिसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन तथा बिरोध सभा सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार