२७औ जनयुद्ध दिवसको अवसरमा दाङमा प्रगतिशील विवाह कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       १ फाल्गुन २०७८ २०:१८ मा प्रकाशित     954 No Comments


हेमन्त प्रकाश वली,फागुन १,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङका कोषाध्यक्ष दिपेन्द्र वली प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाधिनुभएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.४ निवासी बुवा प्रतु वली र दिवंगत आमा मर्ची वलीको छोरा दिपेन्द्र वली र रोल्पा त्रीबेनी गाउपालिका वडा नं.६ निवासी बुवा जयलाल डागी र आमा उतिमा डागीकि छोरी जीवा डागी प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाधिनुभएको हो।
२७औ महान जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा आयोजित प्रगतिशील विवाह कार्यक्रम मार्फत वैवाहिक जिबनमा बाधिएका वर-बधुलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय समिती सदस्य एवम दाङका इन्चार्ज शितलले नेपाली समाजको रुढीबादी संस्कार,संस्कृति र परम्परा विरुद्ध प्रगतिशील विवाह मार्फत समाजमा क्रान्तिकारी संस्कृति निर्माणमा ठूलो योगदान पुगेको बताउनुभएको थियो।
नेता शितलले कम्युनिस्टहरु ऐतिहासिक द्वन्द्वात्मक भौतिकबादी दृष्टिकोणबाट निर्देशित हुने भएकाले नेपाली समाजमा विवाह लगाएतका थुप्रै परम्पराहरु शासकहरुले शोषण गर्ने मनसायका साथ अदृश्य, कुनै सत्यता नभएको धर्मको जाल बुनेर नेपाली समाजलाइ रुपान्तरण हुन नदिन केवल मिथ्या प्रचार गरेको जिकिर गर्नुभएको हो। उहाले प्रगतिशिल विवाह मार्फत वैवाहिक जिवनमा बाधिएका वर-बधुलाइ वैवाहिक जिवनमा बाधिएको बैधानिकताको घोषणा समेत गर्नुभएको हो।

प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाधिएका वर-बधुलाइ बधाइ तथा शुभकामना मन्तव्य नेकपाका केन्द्रीय सदस्य सुन्दर वली,नेकपा बिशेष कमिटी सदस्य सम्झना,नेकपा बिशेष कमिटी सदस्य बिक्रम,नेकपा दाङका सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,बुद्धि विकास मावीका प्रधानाध्यापक प्रकाश खड्काले व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज नारायण भण्डारी,अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्ट,युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र,तुलसीपुर इन्जिनियरिङ कलेजका संस्थापक प्रीन्सिपल अमृत कडेल लगाएतको आतिथ्य रहेको थियो।
नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरका इन्चार्ज बिकाशको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गर्नुभएको थियो।
युवा संगठन नेपाल जिल्ला समिती दाङ र घर परिवारद्वारा आयोजित विवाह कार्यक्रमको अध्यक्षता युवा संगठन नेपालका केन्द्रीय सदस्य जीवनीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार