विप्लव र प्रचण्डबिच भेटवार्ता , बन्दीहरुको रिहाई र मुद्दाहरू फिर्ता गर्नेबारे छलफल !

डेली न्युजराप्ती       २३ माघ २०७९ ०७:४२ मा प्रकाशित     258 No Comments

२३ माघ,काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) वीच आज भेटबार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आइतबार बेलुका ७:३० बजे भेटबार्ता भएको हो ।
भेटबार्ताका क्रममा देशको पछिल्लो संकटपुर्ण राजनीतिक परिस्थिति , नेपालको कम्युनिस्ट आन्दोलनको धुर्विकरणको आबश्यकता र सरकार नेकपावीच भएको तीन बुदे सहमति अनुसार बन्दीहरुको रिहाई र मुद्दाहरू फिर्ता गर्नेबारे कुराकानी भएको बताइएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले राजनीतिक बन्दीहरुको रिहाई र मुद्दा खारेज गर्ने राजनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक रहेको र छिट्टै पहल गर्ने बताएका थिए । आइतबार भएको भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवम प्रवक्ता प्रकाण्ड र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार