युवा संगठन नेपाल संयुक्त दाङ जिल्लाले प्रजिअलाई बुझायो ध्यानाकर्षण पत्र

डेली न्युजराप्ती       १० फाल्गुन २०७९ १४:२७ मा प्रकाशित     124 No Comments

दाङ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल संयुक्त दाङले जिल्ला प्रशासन कार्यालय दाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

संगठनले वैदेशिक रोजगार व्यवसायीहरुले निम्त्याएका समस्या, वित्तीय संघ संस्थाहरुले निम्त्याएका समस्या र मिटरब्याजीहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै आज बुधबार प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यलाई ध्यानाकर्ष पत्र बुझाएको हो ।

युवा संगठन नेपालका केन्द्रीय सदस्य सुर्दशन सीको नेतृत्वमा गएको टिमले दाङसहित देशभर देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । संगठनले प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण पत्र बुझाइ सकेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने छ । युवा संगठन नेपाल केन्द्रीय समितिले जारी गरेको ध्यानाकर्षण पत्रको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार