काठमाडौं। लगातार पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्दै आइरहेकाे सरकारले चुनावको भाेलि पल्ट फेरि मुल्यबृद्धि गरेको छ ।
सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य ह्वात्तै पुनः बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
बढेको मुल्यबृद्धि अनुसार अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको हो ।
यसैबीच पेट्रोलियम पदार्थमा बढाएको मुल्यबृद्धि नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले तत्काल खारेज गर्न जाेडदार माग गरेको छ ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आज ५८ औँ विद्यार्थी दिवसको शुभकामना र पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध वक्तव्य जारी गर्दै मुल्यबृद्धि खारेज गर्न माग जाेडदार आग्रह गरेका छन् । आफ्नाे आग्रहलाई बेवास्ता गरिए देशव्यापी कडा संघर्षमा उत्रिन बाध्य हुने संगठनले चेतावनी दिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.