जातिय विभेद विरुद्ध अखिल(क्रान्तिकारी) दाङको प्रदर्शन

डेली न्युजराप्ती       २४ श्रावण २०७८ १७:५५ मा प्रकाशित     656 No Comments


हेमन्त वली श्रावण-२४,दाङ।
नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला समिती दाङले जिल्लाको भालुबाङमा जातिय विभेद विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

संगठनको केन्द्रिय कार्यक्रम अनुसार जिल्लाको भालुबाङमा प्रदर्शन गरिएको अखिल(क्रान्तिकारी) दाङले जनाएको छ।

प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै दलित मुक्ती मोर्चा नेपाल दाङका जिल्ला अध्यक्ष सुरजले नेपालका उत्पीडित जाती,वर्ग,लिंग,समुदायले अधिकार प्राप्तिका लागि वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने बताए।
उनले संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना नै सबैखाले समस्याको निर्विकल्प समाधान रहेको बताए। इन्चार्ज सुरजले आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन जनमतसंग्रहको एजेन्डा अघि सारेको बताए।
नेता सुरजले कम्युनिस्ट पार्टीलाई रक्तपातपुर्ण संघर्ष मात्रै गर्न जानेको भन्ने पुजीवादीहरुलाइ जनमत द्वारा संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था चुन्ने अधिकार दिन चुनौती दिए।उनले भने,”हामी जनमत द्वारा जनताले फैसला गरेको स्विकार्छौ,तपाइहरु तयार रहनुपर्छ।”
नेता सुरजले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने एजेन्डाको विरुद्धमा जानेहरु लुटेरा भएको जिकिर गरे।

कार्यक्रमलाइ सम्बोधन गर्दै अर्क्ता वक्ता अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले अहिलेपनी समाजमा दलित भएकै कारण दिशा-पिसाव खुवाउने,हत्या-हिंसा गर्ने जस्ता जघन्य अपराध भइरहेको बताए।उनले जातिय बिभेद,बिकृती,बिसंगतिकालाई ध्वस्त पार्न युवा-बिद्यार्थीहरुले फेरि निर्मम संघर्ष गर्नुपर्ने धारणा राखे।नेता अनिलले दलित भएकै कारण नबराजहरु लगाएत बर्सेनि सयौ युवा-युवतीहरुले ज्यान गुमाउनु परेको तितो यथार्थ सुनाउन बाध्य भएको बताए।
संबिधानको धारमा मात्रै उल्लेख गरेर जातिय बिभेद,छुवाछूत जस्ता अपराधहरु अन्त्य नहुने नेता अनिलको भनाइ थियो।
सबैखाले विभेद,हत्या,हिंसा,बलात्कार,अपहरण,सामाजिक बिकृती बिसंगतिलाई समुल नष्ट पार्न जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको नेता अनिलको भनाइ थियो।

जातिय विभेद विरुद्धको बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर खड्काले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार