मसान्ती पुनको निधनप्रति नेकपा दाङद्वारा श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       १७ श्रावण २०८२ १६:१६ मा प्रकाशित     481 No Comments

हेमन्तप्रकाश वली ।
साउन १६,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भिमप्रकाश सीको ममतामयी आमा मसान्ती पुनको निधनप्रति पार्टीको दाङ जिल्ला समितीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

बिहिवार पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै सहिद बुद्धिमान पुन (लक्ष्मण) , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भिमप्रकाश सी , छोराहरु अमृत पुन , देवराज पुन , पार्टीका जिल्ला सदस्य विष्पुरा सीकि सासुआमा तथा पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण सीको हजुरआमा मसान्ती पुनको साउन १४ गते बेलुका राप्ती गाउँपालिका-१ भालुबाङ स्थित आँफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको उल्लेख गर्नुभएको छ ।

श्रद्धाञ्जली वक्तव्यमा दिवंगत आमाप्रति सम्मानका साथ हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै पिडाको क्षणमा शोक स्तब्ध परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरिएको छ ।

श्रद्धाञ्जली वक्तव्यको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार