रानिजरुवामा खानेपानी संकट : कुँवा सुके, पाइपलाइन भए पनि धारामा पानी छैन

डेली न्युजराप्ती       २० चैत्र २०८२ ०७:२८ मा प्रकाशित     82 No Comments

दाङ ।तुलसीपुर -५ मा अवस्थित रानिजरुवाको बस्ती सुकुम्बासी , ऐलानी एवम अव्यवस्थित परिचयले चिनिन्छ।
बसपार्कको आलुमन्डीदेखि उत्तरतिर फैलिएको यो बस्तीमा अधिकांश निम्न वर्गका मानिसहरुको बसोबास रहेको छ । रानिजरुवाका नागरिकले आफ्नो जीवन दिनभरी ज्याला मजदुरी गरि बाँचेका छन् भने कतिपयले सानो व्यापार व्यवसाय गरेर दैनिक गुजारा चलाउने गरेका छन् । यहाँ ठेलामा चटपटे व्यवसायदेखि गिट्टि कुट्ने , ज्याला मजदुरी लगाएत कठिन शारीरिक श्रमका काम गरि जीवन गुजारा गर्नेहरु धेरै छन् ।

रानिजरुवा क्षेत्रमा अहिले खानेपानीको चरम अभाव देखिएको छ । स्थानीय बासिन्दा दैनिक जीवन सञ्चालनमै कठिनाइ भोग्न बाध्य भएका छन् ।

परम्परागत पानीका मुख्य स्रोत मानिने जमिनमुँनिका कुँवाहरू पूर्णरूपमा सुकिसकेका छन् । यसले गर्दा पानीका लागि स्थानीयवासी टाढा–टाढासम्म धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

तुलसीपुर खानेपानी संस्थाले यस क्षेत्रमा पाइपलाइन विस्तार गरे पनि हालसम्म पानी आपूर्ति हुन सकेको छैन।
पाइप बिच्छ्याइएको भए पनि धारामा पानी नआउँदा स्थानीयवासी निराश बनेका छन् ।

स्थानीयहरूका अनुसार, “पाइप त आयो तर पानी आएन, अहिले झन् समस्या बढ्यो ।” वैकल्पिक खानेपानीको कुनै स्रोत नहुँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूको गुनासो छ ।

खानेपानी अभावका कारण दैनिक सरसफाइ, खाना पकाउने तथा अन्य कार्यसमेत प्रभावित भएका छन् ।

गर्मी मौसम सुरु भएसँगै पानीको माग बढेको बेला यस्तो संकट आउनुले जनजीवन कष्टकर बनेको छ ।
स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल पानी आपूर्ति व्यवस्था मिलाउन तथा दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार