राप्ती गाउपालिकामा नेकपा निकट जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

डेली न्युजराप्ती       १० पुष २०७८ १८:५१ मा प्रकाशित     520 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अनेमसंघ क्रान्तिकारी र राष्ट्रिय थारु मुक्ती मोर्चाको संयुक्त राप्ती गाउपालिका स्तरीय भेला सम्पन्न भएको छ।

संयुक्त भेलाले शान्ती बिकको अध्यक्षतामा १० सदस्यीय अनेमसंघ क्रान्तिकारी राप्ती गाउकमिटि चयन गरेको छ। जसको उपाध्यक्षमा नास्मा चौधरी,सचिवमा खिमा चौधरी र कोषाध्यक्षमा तुलसा बिकलाइ चयन गरिएको हो।
यस्तै भेलाले इश्वर चौधरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय थारु मुक्ती मोर्चाको राप्ती गाउकमिटी चयन गरेको जनाइएको छ। जसको उपाध्यक्षमा रामवचन चौधरी,सचिवमा पुरण चौधरी र कोषाध्यक्षमा जगत चौधरीलाई चयन गरिएको नेकपा राप्ती गाउकमिटिले जनाएको छ।
मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष भिम प्रकाश पुनको प्रमुख आतिथ्यमा भएको संयुक्त भेलामा नेकपा लमही नगर इन्चार्ज जनक,अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय सदस्य अमर,अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला सदस्य धनिराम,नेकपा लमही नगर कमिटी सदस्य रामा चौधरी लगाएतको आतिथ्य रहेको थियो।
इश्वरी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अदिपले गरेका थिए।

नेकपा राजपुरको पाचौं बैठक सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउकमिटिको पाचौं बैठक सम्पन्न भएको छ। शनिबार सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको नेकपा राजपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार