तुलसीपुरमा खुल्यो आईएमई कन्सल्टेन्सी , जापानको सीओई नआएसम्म निशुल्क पढाईने

डेली न्युजराप्ती       ७ भाद्र २०८१ ०६:१६ मा प्रकाशित     351 No Comments

भदौ ६, दाङ । दाङको तुलसीपुरमा जापान पढ्न जान चाहानेहरुका लागि नयाँ व्यवस्थापनका साथ आईएमई एडुकेसनल कन्सलटेन्सी संचालनमा आएकाे छ।

बुधबार एक कार्यक्रमका बिच उक्त कन्सलटेन्सीको उदघाटन गरिएको हो । कन्सलटेन्सी संचालक निसान क्षेत्रीले जापान जान चाहाने विद्यार्थीलाई मध्यनजर गरेर तुलसीपुरमा नयाँ कन्सल्टेन्सी खोलेको बताए ।

क्षेत्रीका अनुसार अब जापानका विभिन्न शहरहरुमा रहेका कलेजहरुमा सजिलै अप्लाई गर्न मिल्ने छ । क्षेत्रीले विचमा पढाई छोडेका, ५/६ वर्ष बिचमा ग्याप भएकाले समेत जापानमा अप्लाई गर्न मिल्ने बताए । यस्तै कोरिया र डेनमार्कका विभिन्न कलेजहरुमा पनि सजिलै अप्लाई गर्न मिल्ने छ ।

यस कन्सलटेन्सीबाट जापानमा विद्यार्थी भिषामा अप्लाई गर्दा भिषा नआउदासम्म पढाइदेखि अप्लाई प्रकृयासम्म नि:शुल्क गर्न मिल्ने व्यवस्था रहेको क्षेत्रीले बताए ।`’हाम्रो मुख्य विशेषताहरु नै विद्यार्थीहरुलाई चर्को शुल्क नलाग्ने गरि शुन्य लगानीमा अप्लाई गर्न पाउने व्यवस्था छ ।’, -क्षेत्रीले भने ।

क्षत्रीले विधार्थीलाई जापानिज भाषा, परिक्षा र बुकहरु फ्रीमा उपलब्ध गराउने जानकारी दिंदै जापानमा लामो समय बसेर आएका अनुभवी जापानीज भाषा शिक्षकहरुबाट कलास र आवश्यक सल्लाह र सुझाव दिने बताए । १२ पास गरेर बसेकाहरुले ग्रुप मिलाएर आएको खण्डमा विशेष छुटका साथ पढाइदेखि जापान जाँदासम्म भिषा लागेपछि विद्यार्थीले बुझाउने रकम समेत केही छुटकाे व्यवस्था रहेको क्षेत्रीको दाबि छ।

यस्तै कन्सल्टेन्सीले स्नातक पास गरेर बसेका विद्यार्थीहरुले विद्यार्थी भिषा वा कामदार भिषामा पनि जान पाइने व्यवस्था मिलाएको छ । उक्त कन्सल्टेन्सीको अफिस पिपलबोटमाथि उकालो बुटवल वस्त्रालयकाे अगाडि सुर्य ज्वैलर्सको माथिल्लो तलामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार