दाङ । नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिस्कार अभियानलाई देशव्यापी रुपमा तीव्रता दिएको छ।नेकपा(क्रान्तिकारी माओवादी)ले दाङ जिल्लामा पनि निर्वाचन बहिस्कार अभियानलाई सशक्त बनाउँदै लगेको छ।
बहिष्कारको अभियान अगाडि बढाउने क्रममा मंगलबार लुम्बिनी प्रदेशको भालुबाङ्ग, सिसनियाँ र लमहिमा कोणसभा सम्पन्न गरिएको छ।भालुवाङ्गको सभा दाङ्ग जिल्ला सचिव नरेन्द्र बन्जाडेको संचालन तथा नेकपा क्रान्तिकारी माओदीका पोल्युटव्युरोे सदस्य भूपेन्द्र न्यौपानेले सम्बोधन गर्नुभएको थियो।
त्यसैगरि सिसनियाँको सभामा दाङ्ग पार्टी सदस्य मिन बहादुर जिएमको संचालन तथा पोल्युटब्युरो सदस्य भूपेन्द्र न्यौपानेले सम्बोधन गर्नुभएको थियो।
लमहिमा भएको कोण सभाको संचालन जिल्ला सदस्य नरेश अधीकारीले गर्नुभयो भने सम्बोधन पार्टी केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला इन्चार्ज समिरले गर्नुभएको थियोे।
त्यसैगरी बुधबार घोराही चोकमा सम्पन्न कोण सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको संचालन दाङ्ग जिल्ला सचिव कमरेड नरेन्द्र बन्जाडेले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.