एमसीसीले संविधानभित्र रहेर काम गर्छ भन्ने ग्यारेन्टी सरकारले गरोस्: घनश्याम भुसाल

डेली न्युजराप्ती       २० भाद्र २०८१ ०७:३२ मा प्रकाशित     123 No Comments

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सामरिक रणनीति होइन, यसले हाम्रो संविधानभित्र रहेर काम गर्छ भन्ने जनतालाई ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले राजधानीमा गरेको एमसीसी, एसपीपी र राष्ट्रिय स्वाधिनता विषेयकअन्तरक्रिया  कार्यक्रममा बोल्दै उनले एमसीसी सामरिक रणनीति होइन, यसले हाम्रो संविधानभित्र रहेर काम गर्छ भन्ने ग्यारेन्टी जनतालाई दिलाउनु पर्ने बताएका हुन्।
उनले एमसीसीलाई राष्ट्रियताविरुद्ध प्रयोग हुन नदिन संसदीय अनुगमन समिति गठन गर्न  समिति बनाउनु बताए।

उनले भने, ‘म त भन्छु एमसीसीमाथि संसदीय अनुगमन समिति बनोस् । जसले व्याख्यात्मक टिप्पणी अनुसार लागु भइराखेको छ कि छैन ? त्यसमा के समस्या छ ? अनुगमन समितिले स्पष्ट पारेपछि जनता हल्लाको पछाडि लाग्नुपर्दैन ।

एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिन्छ’, भुसालले भने, ‘त्यस कारण ओली र देउवाजी तपाईँहरू सत्तामा हुनुहुन्छ । साँच्चिकै जनताका छटपटी र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्वप्रति इमानदार हुनुहुन्छ भने पुरा गर्न माग गर्दछु ।’

जब अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी(आईपीएस)को अङ्ग हो भनेपछि तब यो विवादमा परेको उनले दाबी गरे । आईपीएस अमेरिकीको चीन विरोधी घोषित मोर्चाबन्दी भएकाले स्वभावले नै नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न भएको उनको बुझाइ छ ।

दलाल पुँजीवादले कम्युनिस्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने भएकाले ठुल्ठुला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमति अनुसार वितरण हुने उनले दाबी गरे ।

‘दलाल पुँजीवादले कम्युनिस्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउँछ । एउटै भाषा सिकाउँछ । एउटै कुरा सोच्न लगाउँछ । तीनलाई विभिन्न रूपमा प्रस्तुत गर्दिन्छ । कुनै पनि ठुला भ्रष्टाचार काण्ड छन् भने ती भागशान्ति राष्ट्रिय सहमति अनुसार वितरण हुन्छ । त्यसले सबै कब्जा गरिन्छ । हामी कहाँ त्यस्तै भएको छ । तर त्यसले मात्र जित्न सकेको छैन,’ उनले भने, ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार