जनपत्रकार संगठनको पाँचौं राष्ट्रिय सम्मेलन फागुन २८ र २९ गते हुने

डेली न्युजराप्ती       २ पुष २०८२ ११:३७ मा प्रकाशित     297 No Comments


१ पौष , काठमाडौ । जनपत्रकर संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन आगामी फागुन २८ र २९ गते हुने भएको छ ।
जनपत्रकार संगठन नेपालको मंसिर २८ र २९ गते काठमाडौमा बसेको पाँचौ पूर्ण बैठकले संगठनको पाँचौं राष्ट्रिय सम्मेलन आगामी फागुन २८ र २९ गते वागमती प्रदेशमा गर्ने निर्णय गरेको हो ।
जनत्रपकार संगठनले वागमती प्रदेशको कुनै पनि जिल्लामा सम्मेलन गर्न सक्ने भएकाले अहिले जिल्ला भने किटान नगरिएको संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले जानकारी दिनु भयो ।
बैठकले आगामी माघ १५ गतेसम्म संगठनको जिल्ला तथा प्रदेशका भेला सम्मेलनहरु गरी फागुनमा भव्य रुपमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले संगठनलाई व्यवस्थित तथा सुदृढ गर्ने, संगठनको केन्द्रीय तथा प्रदेशहरुका प्रकाशनहरु प्रकाशित गर्ने, पत्रकारको हकहितका लागि संघर्ष गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा देशभरबाट सहभागी केन्द्रीय सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्दै संगठनलाई थप सुदृढ गर्न महत्वपूर्ण सुझाव दिएका थिए । बैठकमा सहभागी नेकपा (माओवादी)का प्रवक्ता तथा प्रमुख अतिथि प्रकाण्ड सीले वर्तमान राजनीतिक अवस्था,राष्ट्रिय स्वाधीनता र संगठनले खेल्नुपर्ने भूमिकाका वारे प्रशिक्षण दिदै संगठनका आगामी कामकोबारे निर्देशन दिनु भएको थियो ।
बैठक भव्य, सभ्य र महत्वपूर्ण उपलव्धी सहित उत्साहका साथ सम्पन्न भएको छ । बैठकको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष शेर बहादुर विश्वकर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार