फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

डेली न्युजराप्ती       १७ फाल्गुन २०७८ १७:०४ मा प्रकाशित     422 No Comments


काठमाडौं १७ फागुन । नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । मूल्य इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३।८९ रुपैयाँ, डिजेल ३।०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०।३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३।३२ रुपैयाँ र एलपी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए । उहाँका अनुसार प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०।५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने उपाध्यायले बताए । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५।५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४।०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०।३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार