के बैध- विप्लव दुरि बढेको हो? बैध किन दिइरहेका छन बारम्बार यस्तो अभिव्यक्ति

डेली न्युजराप्ती       ४ माघ २०७८ ०८:२४ मा प्रकाशित     968 No Comments


माघ ४, दाङ। नेकपा ( क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैध ( किरण)ले पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीसंग एकताको सम्भावना नभएको बताउदै आएका छन।
उनले नेकपाले लिएको कार्यनीतिक एजेन्डा जनमतसंग्रह मार्फत वैज्ञानिक समाजबाद प्राप्तिको बाटोका बारेमा खुलेर असहमति समेत जनाउदै आएका छन। बैधले केही साताअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र,विप्लव नेतृत्वको नेकपा र मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसालसंग एकताको सम्भावना नभएको बताएका थिए। तर अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ।
प्रचण्डले पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्दै आएको तर पछिल्लो समय आफूहरूले एकताको प्रयास नै नगरेको उनले बताए ।
माओवादी केन्द्रले आफूलाई संविधानको असली संरक्षकका रुपमा प्रस्तुत गरेको, तर आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने उनले बताए ।
प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै क्रान्तिकारी माओवादीका महासचिव बैद्यले भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ, उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन । हाम्रो पार्टी एकता सम्भव छैन ।’
विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको बताए । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनले बताएका थिए।
पछिल्लो समय त जनमत संग्रहबाट समाजवाद ल्याउने कार्यदिशा अगाडि सारेको भन्दै बैद्यले भने, ‘प्रचण्डजीहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवजीहरुले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो र ?’
उनले भने, ‘प्रचण्डकै बाटोमा गइहाल्यो भने त नभनौं, तर त्यतै सोझिनुभयो भन्ने लागछ ।’
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एउटा खुट्टा संघर्षको मैदानमा र अर्को खुट्टामा सरकारतिर राखेकाले एकता सम्भव नभएको उनले बताए ।
क्रान्तिकारी माओवादीका महासचिव बैद्यले भने, ‘अब ध्रुवीकरणका सम्भावना हुनसक्छ । अवसरवादीहरू एकातिर, सच्चा क्रान्तिकारीहरू अर्कोतिर नयाँ ढंगले पार्टी एकताको ढोका खुल्छ भन्ने विश्वास छ ।’
त्यस्तै बैधले माघ ३ गते काठमाडौमा दाहाल र विप्लवबाट क्रान्तिको सुरुवात हुदैन भन्ने अभिव्यक्ति दिए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी, नेपाल परित्याग गरी दर्जनौ नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउदै बैधले उक्त अभिव्यक्ति दिएका हुन।
नेत्र बिक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा सहित विभिन्न बाम घटकहरु सम्मीलित रणनीतिक संयुक्त मोर्चामा समेत सहभागी मोहन बैध (किरण) पछिल्लो समय विप्लवसंग दुरि बढाएका छ्न। नया जनबादी क्रान्ती पुरा गर्न शसस्त्र जनबिद्रोहको बाटो हिड्न खोजिरहेको बैध नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) सांगठनिक हिसाबले निकै कमजोर रहेको आम मान्छेको बुझाइ रहेको छ र राजनीतिक कार्यक्रम,सडक संघर्ष सभा/ सम्मेलन आदि कहिलेकाही फाट्टफुट्ट संयुक्त पार्टीको ब्यानरमा गरेर आफ्नो राजनितीक अस्तित्व जोगाएको नेकपा( क्रान्तिकारी माओवादी)ले छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको कदमलाइ प्रचण्डको लाइनतिर सोझिएको भन्ने अभिव्यक्ति दिएको छ।

प्रचण्ड बाबुरामको आत्मसमर्पणका विरुद्ध बिद्रोह गरेका बैध- विप्लव केही समय नेकपा माओवादीमा संगै रहेर काम गरेका हुन। त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्न नसकेको र मोहन बैध किरणहरु अकर्मण्यतामा फसेको भन्दै विप्लवले २०७१ मंसिर ८ गते आफ्नै नेतृत्वमा नेकपा ( माओवादी) पुनर्गठन गरेका हुन।
पार्टी पुनर्गठन लगत्तै भ्रष्टाचारी,कालोबजारी,करछली लगाएत बिबिध बिकृती बिसंगतिका विरुद्ध थुप्रै जनकारबाही मार्फत आफ्नो अभियान अगाढी बढाउदै जनतालाइ सचेततापुर्वक बिद्रोहमा केन्द्रित गर्न खोजिरहेको बेला राज्यले नेकपालाइ प्रतिबन्ध लगायो। जनताको बिचमा जनप्रीय बन्दै गइरहेको नेकपालाइ प्रतिबन्ध लगाएर राज्यको असफलतालाई ढाकछोप गर्न खोजेको र प्रतिबन्धको शसक्त प्रतिरोध गर्ने नेकपाले नीति लिएको थियो। राज्यको निर्मम दुई बर्षको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा नेकपाका १२ नेता- कार्यकर्ताहरुले उच्च शाहासिक बलिदान गरेका छन।
यसैबिचमा केपि ओलि नेतृत्वको तत्कालीन सरकार र नेकपा बिच तीन बुदे सहमती भयो। सहमती अन्तर्गत नेकपामाथीको कथित प्रतिबन्ध हट्यो,नेकपा शान्तिपुर्ण राजनीतिक गतिविधि गर्न थाल्यो भने सहमतीको एक वुदा सम्पुर्ण बन्दि नेता-कार्यकर्ताहरु रिहाइ एवम झुठा मुद्दा खारेज नभएको प्रती नेकपाले आपत्ति जनाउदै आएको छ।
नेकपाले अहिले जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको कार्यनीतिक एजेन्डा लिएर अघि बढेको छ। जनमतसंग्रह मार्फत नेपाली जनतालाई एकपटक संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेर चुन्न दिने उच्च लोकतान्त्रिक प्रयोगको अधिकार दिनुपर्ने तर्क नेकपाले अघि सारेको छ । नेकपाले लिएको कार्यनीतिक एजेन्डा ” जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद” का विषयमा आम रुपमा छलफल,संवाद सकारात्मक वा नकारात्मक दुबै कोणबाट चलेको नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार