जङ्गलबाट अबैध रुपमा भित्र्याउदै गरेको एक करोड रुपैया बराबरको सामाग्री बरामद

डेली न्युजराप्ती       २१ भाद्र २०७९ १२:१२ मा प्रकाशित     282 No Comments


काठमाण्डौ,२१ भदौ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्वले एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याउँदै गएको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ना ३ ख ५१६८ नम्बरको ट्रकबाट १ करोड २६ हजार नौ सय ९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद भएको हो । ट्रकमा लुकाएर ल्याइएको बिलविनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उहाँले जानकारी दिनुभयो । बरामद गरिएका सामान र ट्रक चालकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको पनि पाठकले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार