तीन बुदे सहमती कार्यान्वयनका लागि ल्याइएको अध्यादेशमा लाल मोहर लगाइनुपर्छ : नेता संजय

डेली न्युजराप्ती       १ पुष २०७९ १५:५४ मा प्रकाशित     386 No Comments

पौष १ , दाङ । तीन बुदे सहमती कार्यान्वयनका लागि ल्याइएको अध्यादेशमा लाल मोहर लगाइनुपर्ने नेकपाका एक नेताले बताएका छन ।
नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सीले अध्यादेश रोक्ने दलाल र साम्राज्यवादि षड्यन्त्रका विरुद्धमा अयोजित कोणसभालाइ सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन ।

नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा अध्यादेश विरुद्ध गरिएको षड्यन्त्रका विरुद्धमा आयोजित बिरोध प्रदर्शन पछिको सभालाइ सम्बोधन गर्दै नेता संजय भने – ‘देउवा सरकारसंग नेकपाले पटकपटक वार्ता संवादको फलस्वरूप अध्यादेश ल्याइएको हो । तीन बुदे सहमती कार्यान्वयनका लागि ल्याइएको अध्यादेशलाई असफल पार्न अरु राजनीतिक समूह र अपराधीक समुहका गैरराजनीतिक मुद्दालाई जोडेर देशलाइ पुनः द्वन्द्वतिर धकेल्ने षड्यन्त्र हुँदैछ ।’

सरकारकै नेतृत्व रहेको नेपाली कांग्रेसका नेताहरु नै अध्यादेशका विरुद्ध उभिरहनु भएको छ। यो विषयमा हामिलाइ गम्भीर ध्यानाकर्षण भएको छ , उनले थपे‘
अध्यादेश जस्ताको त्यस्तै पास गरिनुपर्छ भन्ने हाम्रो माग हो । साम्राज्यवादका नेपाली दलालहरुले अध्यादेशका विरुद्ध षड्यन्त्र गरिरहेका छन । अध्यादेश पास गर्नु भनेको तीन बुदे सहमती कार्यान्वयन गर्ने कुरा हो । तीन बुदे सहमती कार्यान्वयन गर्ने भनेको देशलाइ द्वन्द्वबाट बचाउने कुरा हो । हाम्रो चाहना देश द्वन्दमा जाओस् भन्ने होइन । हाम्रो चाहना यो देशको राज्यव्यवस्थालाई शान्तिपुर्ण ढंगले परिवर्तन गर्न सकियोस् भन्ने हो । हाम्रो त्यही चाहनामाथी कुठाराघात हुँदैछ ।’

हामी अहिलेको प्रणाली अहिलेको व्यवस्थालाई शान्तिपुर्ण ढंगले बदलेर वैज्ञानिक समाजवादमा जान चाहन्छौं , उनले फेरि थपे ‘त्यो व्यवस्थाले समग्र जनताको हित गर्छ , कल्यान गर्छ ।’

नेकपाको राजनीतिक मुद्दालाई विभिन्न गैरराजनितिक हत्यारा र अपराधीहरुको मुद्दा जोडेर असफल बनाउने कार्य निन्दनीय हुने नेता संजयको उद्घोष थियो ।
उनले भने – ‘ हाम्रो पार्टी र तीन बुदे सहमती लक्षित अध्यादेशलाई षड्यन्त्रमुलक ढंगले असफल बनाइयो भने देश गम्भीर मोडमा जान सक्छ । यो देश गम्भीर संकटमा जान सक्छ त्यसको जिम्मेवार यो राज्य र यहाँका शासकहरुले लिनुपर्छ । देशी-बिदेशी साम्राज्यवादका दलालहरुले यसको जिम्मेवारी लिनुपर्छ ।’

बिरोध प्रदर्शन कार्यक्रममा नेकपाका नेता-कार्यकर्ताले तीन बुदे सहमती कार्यान्वयन गर ,सहमती कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र बन्द गर ,दलाल र साम्राज्यवादी षड्यन्त्र विरुद्ध संघर्ष गरौं , एकीकृत जनक्रान्ती जिन्दावाद , नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद , बिश्वका श्रमिकहरु एकजुट होऔं लगाएतका नाराहरु लगाएका थिए ।

यता नेकपा दाङले पार्टी केन्द्रद्वारा घोषित कार्यक्रम अनुसार जिल्लामा आज पौष १ गते जिल्लाको घोराही , तुलसीपुर ,भालुबाङ र बबइमा बिरोध प्रदर्शन सहित सभा सम्पन्न गरेको छ भने नेकपा दाङले पौष २ गते घोराही , तुलसीपुर , लमही र श्रीगाउमा कोणसभा गर्ने , ३ गते जिल्ला सदरमुकाम घोराहीमा अन्तरक्रिया अन्तर्किया गर्ने , पौष ४ गते बेलुका जिल्लाका नगर-उपमहानगरपालिका र गाउँपालिकामा भव्य मशाल जुलुस गर्ने र ५ गते बिहान १०- ११ बजेसम्म घोराही , तुलसीपुर , लमही , शान्तिनगर र हापुरेमा चक्काजामको गर्ने जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपतिसमक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्दको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार