तुलसीपुर दुर्घटना अपडेट: १ जनाको मृत्युु ,घाईते ५ जनाको अवस्था गम्भीर!

डेली न्युजराप्ती       १ असार २०८० १६:२१ मा प्रकाशित     209 No Comments

तुलसीपुर, १ असार । दाङको तुलसीपुर ३ सिरखोलामा भएको जिप दुर्घटना परि घाईते भएकाहरुको परिचय खुलेको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा रोल्पा गंगादेव १ बिबाङ निवासी २३ वर्षिय बल बहादुर ओली, सोही ठाउँ निवासी ४२ वर्षिय दुल बहादुर ओली,३२ वर्षिय गौसरा ओली, २० वर्षिय रिता डाँगी,सल्यान छत्रेश्वरीका २१ वर्षिया गिता विक,उनका ७ वर्षिया छोरा पवन विक ६ वर्षिया छोरी स्नेहा बिक,सोही ठाउँ निवासी २० वर्षिय गिता बिक, घाइते भएका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका १५ निवासी ३३ वर्षिय खुसिराम चौधरी र भारत बंगाल कलकत्ता निवासी ३० वर्षिय सादाम हुसेन घाइते भएका छन् ।

यस्तै घाईते ९ जना मध्ये रिता,दुल बहादुर र सादाम को राप्ति प्रादेशिक तुलसीपुरमा उपचार भईरहेको र अन्य ६ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित जम्मा १० जना सवार रहेको र चालक रोल्पाको गंगादेव गाउँपालिका १ निवासी विष्णु पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट रोल्पाको जुँगार तर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप आज बिहान १० बजेर २० मिनेटमा सिरखोला नजिकै सडकबाट आँफै अनियन्त्रित भई झन्डै १०० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार