होलेरीमा सार्वजनिक जग्गा अतिक्रमण, १५ दिनभित्र घर तथा टहरा हटाउने निर्णय

डेली न्युजराप्ती       ३ माघ २०७८ १९:२० मा प्रकाशित     293 No Comments


होलेरी, ३ माघ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा सोमबार होलेरीमा सार्वजनिक जग्गा संरक्षणका लागि सर्वदलीय,सर्वपक्षीय बैठक सम्पन्न गरिएको छ।

बैठकले रुन्टीगढी गाउँपालिका भित्रमा अतिक्रमण गरि बनाइएका टहराहरु १५ दिन भित्र भत्काउनको लागि सहयोग गर्न सम्बन्धित सरोकारवालाहरु माझ अपिल समेत गरेको छ।
साथै बिधालय क्षेत्र तथा वन र मठमन्दिरका क्षेत्रमा अतिक्रमण भयका सार्वजनिक जग्गाहरु अमिन ल्याइ छुट्टायर संरक्षण गर्ने तथा यी कार्यमा पनि असह्योग भए कानुन बमोजिम अगाडि बढ्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाअध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराई ,ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख जिवराज थापा लागायत निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलहरु,सामुदायिक वन उपभोक्ता समिति ,पत्रकार तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार