दाङमा नेकपा (एस) का जिल्ला नेता विप्लव नेकपामा प्रबेश

डेली न्युजराप्ती       २३ आश्विन २०७८ १८:५५ मा प्रकाशित     533 No Comments


हेमन्त प्रकाश वली, दाङ। नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) दाङ जिल्ला कमिटी सदस्य बिरेन्द्र प्रतीक रोकाले पार्टी परित्याग गरेको घोषणा गरेका छन।

रोकाले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेता बिरेन्द्र प्रतिकले नेपालमा संसदीय व्यवस्था सैद्धान्तिक र व्यवहारिक दुबै हिसाबले असफल सिद्ध भइसकेकाले संसदीय व्यवस्थाको चरम संकट र असफलताको कारणले देश र जनताको अवस्था दिनानुदिन दयनीय र कष्टकर बन्दै गइरहेको उल्लेख गरेका छन।

बिज्ञप्तिमा संसदीय व्यवस्थाको विकल्पमा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढतापुर्वक अघि बढेको नेत्र विक्रम चन्द(विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेको जनाइएको छ।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार