दाङ। ठगीको आरोपमा गुण्डा नाइके विकास पुन काठमाडौंबाट पक्राउ परेका छन।
घोराही उपमहानगरपालिका १४ निवासी ४० वर्षीय पुनलाई अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो ।
काठमाडौंबाट उनलाई सोमबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दाङमा ल्याउने तयारी भइरहेको छ । डीआईजी धिरजप्रताप सिंहका अनुसार कपिलवस्तुको वाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
राप्ती नदीमा नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवाको काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।
खोलामा लगानी गर्नका लागि तिलकलाई उत्साहित गराउँदै विकासले गएको वैशाख २६ गते सापटी मागेको प्रहरीले बताएको छ । साथै विकासविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । उनी पछिल्लो समय काठमाडौं बस्दै आएका थिए।यसैक्रममा गुण्डा नाइके विकास पुन पक्राउ परेलगत्तै सामाजिक संजाल फेसबुक लगाएत अन्य संचार माध्यमहरुमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूसंग खिचिएका उनका फोटाहरु भाइरल भएका छन। तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली देखि बामदेब गौतमसंग टीका ग्रहण गर्दै गरेका उनका फोटाहरु अहिले भाइरल नै भएका छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.