दाङमा श्रीमानले गरे श्रीमतीको हत्या,श्रीमान् श्रीमतीबीच झगडा भएपछि हत्या

डेली न्युजराप्ती       २ मंसिर २०७९ १५:४० मा प्रकाशित     206 No Comments

दाङ, २ मंसिर । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिमेकीले बोटेलाई ढोका बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए । छोराछोरी मामाघर गएका बेला श्रीमान् श्रीमतीबीच झगडा भएपछि लालबहादुरले श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ ।

लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार