तुलसीपुरमा काँग्रेसलाई ठुलो झड्का,विमल रिजालले त्यागे पार्टी

डेली न्युजराप्ती       २० बैशाख २०८३ ०९:१४ मा प्रकाशित     198 No Comments

Iतुलसीपुर, दाङ — तुलसीपुरका प्रतिष्ठित व्यवसायी तथा नेपाली कांग्रेससँग लामो समयदेखि आबद्ध रहेका बिमल रिजालले पार्टी परित्याग गरेका छन्। उनले औपचारिक रूपमा पत्र लेख्दै आफ्नो सक्रिय सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्।
उनले दिएको जानकारी अनुसार व्यक्तिगत तथा व्यवसायिक कारण देखाउँदै पार्टीको क्रियाशील सदस्यता समेत नरहने गरी राजीनामा दिएका छन्। साथै, उनले पार्टीमा रहँदा सहयोग, साथ र सद्भाव प्रकट गर्ने नेता तथा सहकर्मीप्रति आभार व्यक्त गरेका छन्।
रिजाल नेपाली कांग्रेसको दाङ क्षेत्र नं. ३ अन्तर्गत सक्रिय सदस्यका रूपमा रहेका थिए। उनी कांग्रेसको १४औँ महाधिवेशनमा समेत प्रतिनिधि बनेका व्यक्ति हुन्।
उनको राजीनामापछि तुलसीपुर क्षेत्रको स्थानीय राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। लामो समयदेखि व्यापारिक तथा सामाजिक क्षेत्रमा सक्रिय रिजालको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनको आगामी राजनीतिक यात्रा कता मोडिने भन्ने विषय भने हाल खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार