अमृतपुर खानेपानीको निर्वाचनमा २३६९ मत खस्यो,मतगणना राती ८ बजेदेखी

डेली न्युजराप्ती       २८ फाल्गुन २०७८ १८:२५ मा प्रकाशित     341 No Comments


हेमन्त प्रकाश वली।फागुन २८,तुलसीपुर। अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ।
संस्थाको आज शनिबार सम्पन्न निर्वाचनमा कुल ३१४५ मताधिकार प्राप्त उपभोक्ता मध्य जम्मा २३६९ उपभोक्ताहरुले मतदान गरेका छन। मतगणना केही समयपछी सुरु हुने निर्वाचन समितिले जनाएको छ।

संस्थाको नेतृत्वका लागी दुई समुह चुनावी मैदानमा रहेका थिए। अध्यक्षमा सयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल(संगित) र लोकतान्त्रिक सयुक्त प्यानलको तर्फबाट चन्द्रकान्त खरेलको समुह चुनावी मैदानमा थियो।

बस्याल नेतृत्व संयुक्त प्यानललाई नेकपा एमाले, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सर्मथन रहेको छ भने खरेल नेतृत्व प्यानललाई नेपाली कांग्रेस, माओवादी केन्द्र,नेकपा(एकीकृत समाजवादी) लगाएतको दलको समर्थन रहेको थियो। बस्यालको प्यानलबाट उपाध्यक्षमा बिजय कुमार मल्ल, सचिबमा रुप बहादुर खत्री,कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे, सह–सचिबमा रक्षा काफले खडका अनु, सदस्यहरु कान्त प्रसाद खरेल, गंगाधर गैरे, महिला सदस्य तर्फ सिता कुमारी केसी,भिमा खडका रहेका छन ।
त्यसैगरी संयुक्त प्यानल खरेलको प्यानलबाट उपाध्यक्षमा केशबराज सापकोटा, सचिवमा दशरथ वली, कोषाध्यक्षमा केशब बहादुर वलि, सहसचिवमा कमला कुमारी अधिकारी, सदस्यहरुमा नरबहादुर वलि, लाल बहादुर वलि,अमृता शर्मा न्युरे र सबिता ओली रहेका छन । यस्तैगरी महिला सदस्यमा देवी कुमारी वलीको एक उमेदवारी परेको थियो।
आज बेलुका ४ बजे सम्पन्न निर्वाचनको मतपरिणाम भोलि बिहान सम्म प्राप्त हुने निर्वाचन समितिले जनाएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार