युवा संगठन नेपाल राजपुर गाउकमिटिको प्रथम भेला सम्पन्न,अध्यक्षमा खिम बहादुर महरा

डेली न्युजराप्ती       २ कार्तिक २०७८ १६:५३ मा प्रकाशित     663 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत राजपुर गाउकमिटिको प्रथम भेला मंगलवार राजपुरमा सम्पन्न भएको छ।
गाउपालिका स्तरीय प्रथम भेलाले खिम वहादुर महराको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको हो। भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थाको चरम संकटबाट देशलाइ मुक्त गर्न युवाहरु एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि लामबद्द हुन अपिल गर्नुभयो। सेक्रेटरी प्रदिपले देश र नेपाली जनता इतिहासमै सर्वाधिक संकटमा रहेकाले त्यसको निकासका लागि सम्पुर्ण युवाहरुले ऐतिहासिक र निर्णायक पहलकदमी लिन आवश्यक रहेको बताउनुभयो। उहाले भन्नुभयो,” युवाहरु निराश,थकित, संकल्पविहिन हुने होइन बरु दमन,जेलनेल,मालिकका थुप्रै षड्यन्त्रलाई धुलो चटाएर क्रान्ती मार्गमा अबिचलित हिड्ने हो”।
नेपालमा असफल संसदीय व्यवस्थाको चिहानमा जनताको वास्तविक प्रतिनिधित्व हुने वैज्ञानिक समाजवाद स्थापना जुनसुकै मूल्य चुकाएर गर्ने नेता प्रदिपको उद्घोष थियो।

कार्यक्रममा युवा संगठन नेपाल दाङका इन्चार्ज मनोज,नेकपा लमही नगर इन्चार्ज/सेक्रेटरी जनक,नेकपा राजपुर गाउपालिका इन्चार्ज/सेक्रेटरी उज्ज्वल,अखिल(क्रान्तिकारी) दाङ जिल्ला सचिवालय सदस्य रबिन,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य द्वय मधुसूदन,भिम वहादुर,नेकपा दाङ जिल्ला कमिटी सदस्य द्वय रामप्रसाद र हरि यादवको आतिथ्य रहेको थियो। खिम वहादुर महराको अध्यक्षतामा भएको भेलाको सहजीकरण श्रवण कुमार यादवले गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार