दाङ — तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क क्षेत्रमा १५ लाख रुपैयाँको संयुक्त लगानीमा ‘टप गेस्ट हाउस एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ।
हेमन्तप्रकाश ओली, सुरेन्द्र परियार, प्रकाश ओली र बाबुराम खत्रीको संयुक्त लगानीमा स्थापना गरिएको गेस्ट हाउस तथा रेस्टुरेन्टको उद्घाटन बिहीबार तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गरेका हुन्।
उद्घाटनपछि बोल्दै मेयर खड्काले निजी क्षेत्रको लगानीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। गुणस्तरीय सेवा, सरसफाइ र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर व्यवसाय सञ्चालन गर्न सके यस्ता व्यवसायले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष विजय विक, वडा नं. १८ का वडा अध्यक्ष माधव ओली, जनप्रतिनिधि, व्यवसायी, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
सञ्चालकहरूका अनुसार नयाँ बसपार्क क्षेत्रमा आउने यात्रु, व्यवसायी तथा अन्य आगन्तुकलाई लक्षित गर्दै गेस्ट हाउस सञ्चालनमा ल्याइएको हो। यहाँ आवास सेवासँगै नेपाली, इन्डियन र चाइनिज परिकार उपलब्ध गराइनेछ।
ग्राहकलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ व्यवसाय सुरु गरिएको सञ्चालकहरूले बताएका छन्। उनीहरूका अनुसार आतिथ्य सेवा क्षेत्रको विकाससँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने उद्देश्य राखिएको छ।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.