जेष्ठ ८ , तुलसीपुर । तुलसीपुरको अमृतपुर खानेपानीमा भएको आर्थिक अनियमितताप्रती नेकपा तुलसीपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी र सेक्रेटरी शिवद्वारा आज जारी गरिएको प्रेस बिज्ञप्तिमा आर्थिक अनियमिततामा संलग्न संस्थाको कार्यसमितिमाथी छानविन गरि दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
नेकपा तुलसीपुरद्वारा जारी प्रेस बिज्ञप्तिमा खानेपानी संस्थाका अध्यक्षले दुई लाख पैतिस हजार रुपैयाँ , सचिवले दुई लाख छपन्न हजार नौ सय रुपैयाँ र कोषाध्यक्षले पन्ध्र लाख अन्ठाउन्न हजार रुपैयाँ उपभोक्ताले विभिन्न शिर्षकमा जम्मा गरेको नगद रकम अबैधानिक , मनोमानी र आफुखुसी ढंगले लिइएको पुष्ठि भएकाले उक्त कार्यसमितिमाथी आवश्यक छानबिन गरि कार्वाही गर्न माग गरिएको छ ।
यस्तै बिज्ञप्तिमा सम्बन्धित निकायले आवश्यक कारबाही नगरे पार्टीले उपभोक्तासहितको संघर्षलाई अगाडि बढाउने चेतावनीसमेत दिइएको छ ।
प्रेस बिज्ञप्तिको पुरापाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.