तुलसीपुर, २५ बैशाख । राप्ती पहिचान डटकमका संचालक यज्ञ बहादुर बुढालाई प्रहरीले रिहा गरेको छैन । प्रचण्ड दाङ आए जुत्ता प्रहार गर्छु भन्ने अभिव्यक्ति सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको आरोपमा शनिवार बेलुका पक्राउ परेका बुढालाई प्रहरीले अझै नियन्त्रणमा राखेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागी नियन्त्रणमा लिएपनि अहिले सम्म रिहा गरेको छैन । पिडित बुढाका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङ आएर नफर्किदा सम्म आफुलाई प्रहरीको नियन्त्रणमै राख्ने योजना भईरहेको तुलसीपुर खवरलाई जानकारी दिए ।
अध्यक्ष प्रचण्डले चितवनमा आफनी छोरी रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जाने अभिव्यक्ति दिएको प्रति विरोध जनाउदै बुढाले चितवन बासीले सकेनन तर दाङ आए प्रचण्डलाई जुत्ता प्रहार गर्छु भन्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । माओवादी केन्द्रका नेताहरुकै दबावका कारण बुढालाई पक्राउ गरिएको एक आफन्तीले बताएका छन् । बुढाले स्टाटस हटाई सकेका छन् ।
तर स्टाटस लेखेर पनि हटाई सकेको अवस्थामा यसरी थुनामा राखेको प्रहरी प्रशासन र माओवादी केन्द्रको आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता मध्ये कतिपयले विभिन्न अभिव्यक्ति सार्वजनिक गरेपनि सरकार र प्रशासनले केहि नगरेको बताउदै एउटा सिधा,सोझा पत्रकारलाई पक्राउ गर्नु उचित नभएको भन्दै सामाजिक संजालमै आक्रोस व्यक्त गरिएको छ । पक्राउ परेका बुढाको रिहाईको माग गर्दै सामाजिक संजाल मार्फत प्रशासन र माओवादी केन्द्रको विरोध भईरहेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.