हेमन्तप्रकाश वली ।
असार १५,तुलसीपुर। आज आइतबार ,असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ ।
#कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
यसैबिच उत्पादनको महाअभियानमा जोडिएको विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी राष्ट्रिय धान दिवस मनाएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले पार्टीको उत्पादन अभियान आजबाट सुरु भएको उद्घोष सहित धान दिवस मनाएको जनाएको छ ।
नेकपा दाङले पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य रेखा सीको धान रोपाइँ गर्दै पार्टीको जिल्लाभरिको धान रोपाइँ कार्यक्रमको सुरुवात भएको जनाएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.