नयाँ उत्पादन प्रणालीमा सफल भयो नेकपा,दाङमा पार्टीका नेताकार्यकर्ता धान स्याहार्न व्यस्त

डेली न्युजराप्ती       २७ कार्तिक २०८१ १९:०४ मा प्रकाशित     142 No Comments

कार्तिक २७,दाङ । नयाँ उत्पादन प्रणाली अवलम्बन गरि कृषि उत्पादनमा लागेको नेकपा सफल भएको छ ।
पार्टीको दाङ जिल्ला समिति पार्टीको नयाँ उत्पादन प्रणाली ‘एकीकृत स्वामित्व’को उत्पादन प्रणाली अनुसार गरिएको कृषि उत्पादनमा सफल भएको हो ।

पार्टीले तुलसीपुर-१७ भट्टेकुलामा साढे ३ बिघा क्षेत्रफलमा गरेको धान खेतीमा गुणात्मक ढंगले फाइदामा पुगेको नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले बताए ।

उनले भने– ‘ हामीले पार्टीले संष्लेषण गरेको नयाँ उत्पादन प्रणाली ‘एकीकृत स्वामित्व’को व्यवहारिक ढंगले प्रयोग गरेका थियौं जो गुणात्मक ढंगले सफल भएको छ । यो सफलता पार्टीको उत्पादन सम्बन्धिको नयाँ प्रयोगले भएको हो । हामिले साढे ३ बिघा क्षेत्रफलमा लगाएको धान खेती तुलनात्मक हिसाबले अघिल्लो वर्षभन्दा फाइदामा गएको छ । अब हामी उत्पादनलाई अझै बढाएर लग्ने सोचमा छौँ।’

‘मान्छेले हाम्रो उत्पादनलाई स्टण्टबाजि भन्ने गरेका होलान् तर त्यस्तो कुरा होइन , हामिले उत्पादनको कार्यलाई देशको आत्मनिर्भरताको अभियानसंग जोड्ने गरि चलाएका छौँ । आज मुलुक पुरै परनिर्भर बनिरहेको सन्दर्भमा हामिले देशैभरी हजारौं बिघा बाँझा जमिनमा गरिरहेको कृषि उत्पादनको कार्यले जनतामा नयाँ रक्तसञ्चार भएको छ । जनताले , युवाहरूले नेपालमा बसेर भविष्य देख्ने वातावरण बन्दै गइरहेको छ । हामी कुनै राजनीतिक प्रचारबाजी गर्नलाई खेतिपातीमा जोडिएका होइनौं बरु हाम्रो अभियान नै छ पार्टीलाई आत्मनिर्भर बनाउने, नेताकार्यकर्ता आत्मनिर्भर बन्ने र अन्ततः देशलाई नै आत्मनिर्भर बनाउने गरि सोचेका छौँ।हाम्रो कुरा त अरु पार्टीहरु पनि यसैगरी उत्पादनमा जोडिएर , नेताकार्यकर्तालाई उत्पादनमा सहभागी बनाएर आत्मनिर्भरताको अभियान जोडिएर अगाडि बढुन भन्नेछ ,’ उनले भने।

नेकपाका जिल्ला सचिवालय सदस्य एवम उत्पादन विभाग प्रमुख धर्ती सीले साढे ३ बिघा क्षेत्रफलमा गरिएको धान खेतीमा करिव १ सय १० क्विन्टल धान उत्पादन भएको बताए ।

धानखेतीमा लागेको सबै लागत खर्च कटाएर उत्पादनमा अघिल्लो वर्षभन्दा फाइदामा पुगेको र उत्पादनलाई थप व्यवस्थित गरिने नेता धर्तीले बताए ।

यस्तै नेकपा दाङले पार्टीको स्वामित्वमा तुलसीपुर-१५ कन्ज्वारमा २ बिघामा लगाएको धान पनि भित्र्याउने तयारीमा रहेको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् ।

पार्टीले एकीकृत स्वामित्वको उत्पादन प्रणाली अनुसार तुलसीपुर-१६ रावतगाउँमा डेढ बिघामा पनि धान लगाएको जनाएको छ ।

नेकपा दाङले घोराही-१६ मा पनि ५ बिघा क्षेत्रफलमा धान खेती गरेको पार्टीका घोराही नगर इन्चार्ज विकाश सीले जानकारी दिए ।
नेता विकाशले घोराहीमा पनि धान भित्र्याउने कार्य सुरु भएको बताए ।

यो वर्ष जिल्लामा पार्टीको उत्पादन तुलनात्मक ढंगले सफल भएको पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार