काठमाडौं । समाजवादी मोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टीसंग सरकारले गरेको तीन बुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्वद्धपक्षसंग माग गरेको छ ।
समाजवादी मोर्चा नेपालका संयोजक तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सोमवार एक वक्तव्य जारी गरी तीन बुँदे सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र सम्वद्धपक्षसंग माग गरेका हुन ।
समाजवादी मोर्चा नेपालका अध्यक्ष नेपालले केही दिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी लगायतका नेता विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाले मुलुको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्धन्द्ध पैदा हुने स्थिति आउन नदिनका लागि तीन बुँदे सम्झौता कार्यान्वय गर्न सरकार र सम्वद्धपक्षलाई आहावन गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.