माघ ३०,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दाङ स्थित सहिद स्मृति आवासीय माध्यामिक विधालयको अवलोकन गरेका छन् ।
बुधबार दाङ पुगेका महासचिव विप्लवले तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टिमा रहेको उक्त बिधालयको अवलोकन गरेका हुन् ।
बिधालय अवलोकन गर्दै विप्लवले बिधालयमा देखिएका समस्या समाधानका लागि पार्टीले पहल गर्ने बताएका छन् ।
सोही अवसरमा विप्लवले पार्टीले बिधालयको प्रांगणमा अत्याधिक धुलो उड्ने समस्या देखिएकाले तसको समाधान पार्टीले गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
यसैबिच विप्लवले सहिदका सन्ततिहरुसंग कुराकानी समेत गरेका छन् ।
सहिदका सन्ततिसंग संक्षिप्त कुराकानी गर्दै विप्लवले भने– ‘तपाईंहरुका बुवाआमाको बलिदानले यो देशमा गणतन्त्र आएको छ । गणतन्त्र प्राप्त गर्न सबैभन्दा ठूलो योगदान माओवादी जनयुद्धको हो र त्यसमा सहादत प्राप्त गर्ने महान सहिदहरुको हो । गणतन्त्र त आयो तर यो मुठ्ठीभर दलालहरुको कब्जामा गएको छ । अहिलेपनी सत्ता आम नेपाली श्रमिक जनताको बन्न सकेको छैन् । त्यसकारण जनताको राज्य बनाउने आन्दोलन जारी छ । यो गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्ने आन्दोलन जरुरी छ , यसको नेतृत्व हाम्रो पार्टीले गर्छ ।’
‘आज नेपालमा राजनीति गर्नुहुदैन भन्ने भाष्य जबर्जस्त खडा गरिएको छ । बिद्यार्थीले राजनीति गर्नुहुँदैन भनिन्छ। बिद्यार्थीले राजनीति गर्नुपर्दछ तर दलालहरुको सेवा गर्न होइन । तपाइँहरुले राजनीति जनताको सेवा गर्न गर्नुपर्दछ । युवाहरुले यहीँ देशमा भविष्य देख्नुपर्दछ। आज बिदेश बिदेशको हल्ला चलाइएको छ । यो दुसित हल्ला हो , हावा कुरा हो यो । हामिले आफ्नै पसिना र पौरखले यो मुलुकलाई समृद्ध बनाउने गरि अभियान छेड्नुपर्छ ,’ सहिदका सन्ततिसंग कुराकानी गर्दै विप्लवले भने।
यसैबिच नेकपाका महासचिव विप्लव सीले अहिलेको दलाल पुजीवादी राज्यसत्ताको विकल्पमा नेकपाले नेपाली बिशेषताको समाजवादको प्रस्ताव अघि सारेको बताए ।
उनले ०८४ को निर्वाचनमा नेकपा सहभागी हुने बताए ।
‘आगामी चुनावमा नेकपा पनि लड्छ । हामी यो दलाल पुजीवादको विकल्पमा समाजवादी व्यवस्थाको एजेन्डा सहित निर्वाचनमा जान्छौं । एकपटक संसद , सडक दुबै ठाउँबाट जनताको पक्षमा लड्ने चाहना छ । ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा हेरेका छौँ,’ उनले भने।
कार्यक्रममा सहिद स्मृति आवासीय माध्यामिक बिधालय तुलसीपुर -१७ बनकट्टिका प्रधानाध्यापक नारायण पौडेलले बिधालयको प्रतिवेदन नेकपाका महासचिव विप्लवलाई हस्तान्तरण समेत गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टी केन्द्रीय सदस्य सम्झना सी , पार्टी केन्द्रीय सदस्य प्रदिप सी , तिलक सी , बिधालयका प्रअ एवम शिक्षक-शिक्षिकाहरुको आतिथ्यता रहेको थियो ।
फोटोफिचर:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.